भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओबादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । भरतपुरमा ११ हजार १ सय ७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् । भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । जसमा रेनु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् ।
उनका प्रतिद्धन्द्धीका रुपमा रहेका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले जम्मा ३५ हजार ५८३ मत पाएका छन् । दाहाल र सुवेदीको मतान्तर ११ हजार ४ सय ५७ रहेको छ । जुन गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४२६३ मत पाएका छन् । यस्तै हानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी पनि मत गणना गर्न बाँकी हुँदा नै विजयी भएका छन् ।
अधिकारीले ४७,९५८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २७,९२२ पाएकी छन् । अधिकारीले २० हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् । रेणु दाहालले फराकिलो मत ल्याएर विजयी भएकोमा महिलाले गर्ने काम र पाएको जिम्मेवारी प्रति इमानदार भएर लाग्ने स्वभावमा जनताको विश्वास कायम रेहेको प्रष्ट हुन्छ । विगत ५ वर्षमा नव निर्वाचित मेयर रेणुले गरेको कामलाई मन पराएको हुनाले बाँकी रहेको कामलाई पुर्णता दिन यस पटकको निर्वाचनमा भरतपुर बासीले उनलाई नै विजयी बनाए ।






