बर्दिया । गत बैशाष ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार शुक्रराज सापकोटा विजयी भएका छन् । नेकपा एमाले र नेकपा माओबादीका उम्मेद्धार द्धए रामहर्ष चौधरी र जंग बहादुर थारुलाई पछि पार्दै उनी वडाध्यक्षमा विजयी भएका हुन् । नवनिर्वाचित सापकोटाले आज (सोमबार) वडा कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

वडाध्यक्ष सापकोटाले भ्रष्टचार रहीत भएर पादर्शी ढंगले काम गर्ने बाचा गर्दै आफुलाई जनताले विश्वास गरेर पठाएको हुनाले आगामी पाँच वर्षसम्मै जनताको सेवामा सदा समर्पित हुने पनि बताए । उनले भने,‘मलाई जनताले विश्वास गरेर यो ठाउँ सम्म पुर्याउनु भएको छ । उहाँको विश्वासलाई कहिल्यै तोड्ने छैन । मेरो कार्यकाल भरी नै म केवल जनताको सेवामा समर्पित भएर लाग्नेछु । यो मेरो बाचा हो । कुनैदिन पनि मेरो वडाका जनतालाई निराश गराउने छैन । ’आफु जनताको मालिक नभई जनताको सेवक भएको बताउँदै अध्यक्ष सापकोटाले जनतालाई दिने सेवा सुविधामा जुनसुकै समयमा पनि अहोरात्र खटिने बताए ।
उनले आफ्नो कार्यकाललाई चुस्त दुरुस्त र वडालाई विकास र सम्वृद्धिको बाटोमा लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । उनलाई निर्वतमान अध्यक्ष रामहर्ष चौधरी लगाएत अन्य सदस्यहरुले फुलमाला लगाई दिएर जिम्मेवारी हस्तारण गरेका थिए । उनीसंगै अन्य ४ जना वडा सदस्यहरुले पनि एकैसाथ पदभार ग्रहण गरेका छन् । आफु सहीत ५ जनाको टिममा काम गर्नकोलागी वडा कार्यलयमा पदभार सम्हालेका उनले आजैबाट कामको शुरुवात गरेका छन् ।
म जनताको सेवक हुँ, मेरो वडाको जनतालाई सेवा प्रदान गर्न म अहोरात्र खटिने छुः वडाध्यक्ष सापकोटा
म जनताको सेवक हुँ, मेरो वडाको जनतालाई सेवा प्रदान गर्न म अहोरात्र खटिने छुः वडाध्यक्ष सापकोटा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






