काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को लोकप्रिय मतले यतिबेला सबैको ध्यान काठमाण्डौ केन्द्रित भएको छ । देशको राजधानीसमेत रहेको महानगरपालिकाका चार वडाको मतगणना हुँदा बालेनको बाहुबली रुप देखिएको छ ।
यसले आम नागरिकमा चासो मात्र बढेको छैन स्वतन्त्र उम्मेदवारसँग प्रमुख दलका भोट तान्न चतुर मानिएका नेताहरु तर्सिएका छन् । सत्ता गठबन्धनका ६ दल र विपक्षी दलका शीर्ष नेतासमेत बालेनको मत देखेर ‘गम’ खाएका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर १, ३, ४ र ३२ का मतदाताको रोजाइमा बालेन पर्दा सबैभन्दा बढी धक्का एमालेलाई परेको छ। एमालेको गढ मानिएका वडामा केशव स्थापित भन्दा दोब्बर बढी मत बालेनले पाएका छन् । यसले काठमाडौंमा एमालेको रणनीति फेल नै भएको देखिन्छ ।
बालेनले लोकप्रिय मत पाउँदै गर्दा एमालेका स्थापित र कांग्रेसकी सिर्जना सिंह समस्यामा पर्दै गएका छन् । ३२ वडामध्ये चार वटा वडाको माब मतगणना हुँदा प्राप्त मतको आधारमा बालेनलाई बहुबली बने भनेर चर्चा गर्नु ठिक भइनहाल्न सक्छ ।
तर, एमालेको गण मानिएका वडामा बालेनले पाएको मतलाई मात्र विश्लेषण गर्ने हो भने यो स्थानीय चुनावमा काठमाण्डौ महानगरपालिकाले नयाँ अनुहारलाई स्वीकार गर्ने प्रष्ट संकेत देखिन्छ । बिहानीले दिनको संकेत गर्छ भनेझै बालेनको सुरुवातलाई सकारात्मक रुपमा हेर्दा उनी उपत्यकामा उताउने प्रष्ट देखिन्छ ।






