बर्दिया । स्थानिय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भई रहंदा बर्दियाको बढैयाताल गाउँपालिकाको मत परिणाम पनि सार्वजनिक हुने क्रम जारी नै छ । सो पालिकाको वडा नं. २ मा एमालेले अग्रता कायम गरेको छ । यो समाचार तयार गर्दासम्म एमाले अध्यक्ष लाल बहादुर श्रेष्ठले ७५१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका भगत नेपालीले ४७० मत ल्याएका छन् । त्यसैगरी माओबादी केन्द्रका अध्यक्ष उम्मेदवार हिमालय त्रीमाठीले ३४३ मत ल्याएको बढैयाताल मैनापोखरका निर्वाचन अधिकृत विनोद गौतमले जनाकारी गराएका छन् ।
निर्वाचन अधिकृत गौतमका अनुसार उपाध्यक्ष तर्फ नेकपा एमालेकी उम्मेदवार लक्ष्मि अधिकारीले ७७३ मत ल्याएर अग्रता कायम गरिरहेकी छन् भने नेपाली कांग्रेसकी उपाध्यक्ष उम्मेदवार पवित्रा अर्यालले ५०६ मत ल्याएर दोश्रो स्थान कायम गरिरहेकी छन् । उनलाई पच्छ्याउँदै नेकपा माओबादी तर्फकी उपध्यक्ष उम्मेदवार कमला गुरुंगले जम्मा २९९ मत प्राप्त गरेर तेश्रो स्थानमा रहेकी छन् । सोही पालिकाको वडामा पनि नेकपा एमालेले नै अग्रता कायम गरिरहेका छ ।
एमालेका तर्फबाट वडाध्यक्ष डिला देवी गिरी (विक्रम) ले ७६३ मतले अग्रता कायम गरिरहेका छन् । उनलाई पच्छ्याउँदै नेपाली कांग्रेसको बिनु पाण्डेले ५२४ मत प्राप्त गरेका छन् भने तेश्रो स्थानमा नेकपा माओबादीकेन्द्रका कृष्ण बानियाको २७४ मत रहेको निर्वाचन अधिकृतको कार्यलय बढैयाताल मैनापोखरले जनाएको छ । हिजो ३१ गतेको मतपरिणाम अनुसार सोही पालिकाको वडा नं. १ मा एमालेको प्यानलले नै विजयी भएको छ ।






