बर्दिया । स्थानिय तहको निर्वाचनको मत परिणाम अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. १ मा एमालेको प्यानल नै विजयी भएको छ । उक्त वडामा २ हजार ९ सय ९९ मत खसेको थियो । उक्त खसेको मत मध्य एमाले अध्यक्ष लाल ब. श्रेष्ठ ले १ हजार १ सय ९४ मत प्राप्त गरेर जीत हाँसिल गरेका छन् भने माओबादीकेन्द्र अध्यक्ष हिमालय त्रीमाठीले ८०२ मत लिएका छन् । त्यसैगरी कांग्रेस अध्यक्ष भगत नेपालीले ७०० मत प्राप्त गरेका छन् ।
सोही पालिकाको एमाले तर्फकी उपाध्यक्ष उम्मेदवार लक्ष्मि अधिकारीले १ हजार १ सय ८१ मत प्राप्त गरेर विजयी भएकी छन् भने माओबादीकेन्द्र उपाध्यक्ष उम्मेदवार कमला गुरुंगले ६६१ मत प्राप्त गरेकी छन् । त्यसैगरी नेपाली कांग्रेसकी उपाध्यक्ष पवित्रा अर्यालले ७४९ मत हाँसिल गरेकी छन् ।
त्यसैगरी एमाले वडाध्यक्ष प्रेम ब.थापा क्षेत्रीले १०१२ मत ल्याएर विजयी भएका छन् । वडामा उनको पछिपछि भने नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार खेम मल्लले ९११ मत ल्याएका छन् । सत्तागठबन्धनको तर्फबाट माओबादी र समाजबादीबाट वडाध्यक्षमा उठेका टेकेन्द्र मल्लले भने जम्मा २२० मत ल्याएका छन् ।






