गोरखा । स्थानिय निर्वाचनको मत गरणा भई रहंदा गोरखामा भने मत परिणाम सार्वजनिक नै गरिएको छ । गोरखाको पालुङटार नगरपालिका–१ को नतिजा सार्वजनिक गरिएको हो , उक्त वडाको वडाध्यक्षमा जनता समाजबादी पार्टी (जसपा) का वडाध्यक्ष उमेदवार कृष्ण परियार विजयी भएका छन् ।
पालुङटार वडा नम्बर १ जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको वडा हो । परियारले ६ सय ४८ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले ५ सय ८ मत ल्याए । उक्त वडामा जसपाको प्यानल नै विजयी बनेको छ ।






