कैलाली । स्थानीय तह निर्वाचनको मत गरणा हुँदै गर्दा धनगढी उपमहानगरपालिकामा पनि मत गणना भइरहेको छ । अहिलेसम्म दुई सय मतको गणना भएको छ । मेयर पदका उम्मेदवारमा स्वतन्त्रका गोपाल हमाल ८८ मतका साथ अगाडि छन् ।
यस्तै पूर्व मेयर तथा कांग्रेसका उम्मेद्वार नृप बहादुर वडले (गठबन्धन) ६१ मतका साथ हमाललाई पछ्याइरहेका छन् । नेकपा एमालेबाटका उम्मेदवार रणबहादुर चन्दले अहिलेसम्म ८ मत प्राप्त गर्नुभएको छ । यस्तै ४६ मत बदर भएका निर्वाचन कार्यालयले जनाएको छ ।






