ललितपुर । ललितपुर महानगरको मत गणनामा अहिलेसम्म मेयर पदमा कांग्रेसको अग्रता रहेको छ । एमालेलाई दोब्बर मतले पछि पार्दै कांग्रेस अगाडि रहेको छ । कांग्रेले ५७ मत प्राप्त गर्दा एमालेले २३ मत पाएको छ । यस्तै तेस्रोमा राप्रपाले ७ मत प्राप्त गरेको छ ।
ललितपुर महानगरको प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार छन् । उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगाय उम्मेदवार छन् ।






