मनाङ । दशैभरी स्थानिय निर्वाचनको मतगरणा भई रहंदा मनाङमा भने मत परिणामको नतिजा सार्वजनिक गरिएको छ । जिल्लाका चार पालिकाको नतिजा सार्वजनिक गरिएको हो । चार गाउँपालिका रहेको उक्त जिल्लामा दुईवटा पालिका नेकपा एमाले र दुईवटामा नेपाली काँग्रेस विजयी भएको छ ।
यो जिल्लामा चामे र मनाङ डिस्याङ गाउँपालिका प्रमुख एमालेले जितेको हो भने नेपाली काँग्रेस नार्पा र नाँसो गाउँपलिकामा विजय भएको हो । चामे र मनाङ डिस्याङमा क्रमशः लोकेन्द्र घले र कान्छा घले अध्यक्ष भएका हुन् ।
यसैगरी नार्पा र नाँसो गाउँपालिकामा कोन्जो तेन्जिङ र धनबहादुर गुरुङ निर्वाचित भएका हुन् । चामेमा घलेले ३२० मत ल्याएर विजय भए भने डिस्याङमा कान्छा घलेले ८६१ मत पाए । यस्तै नार्पामा कोन्जोले १५८ तथा नाँसोमा धनबहादुर निर्विरोध निर्वाचित भएका हुन् ।






