काठमाण्डौ । निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचार संहिताविपरीत अभिव्यक्ति दिएको भन्दै भन्दै भट्टलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । यस्तै आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ ।
‘२०७९ साल वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिने सदर पश्चिम सरकारका माननीय मुख्य मन्त्री र निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदिप पोखरेललाई चौबिस घण्टाभित्र स्पष्ट गरी पठाइदिन स्पष्टीकरण सोधेको छ’, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
योपनि नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले चालु वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पूरा नहुने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुवातमा कर्जा विस्तार ३२ प्रतिशतसम्म पुगेको र बैकिङ प्रणालीमा तरलता अभावका कारण कर्जा विस्तार हुन नसक्दा निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पूरा नहुने बताएका हुन् ।
गभर्नर अधिकारीले देशमा चालु आर्थिक वर्षमा अत्यधिक रूपमा आयात बढेकाले विदेशी मुद्रा सञ्चितिमा चाप परेको बताए । उनले व्यापार घाटा बढ्दै गएमा आयातका नीतिहरूमा सोच्नुपर्ने अवस्था रहेको बताए । अर्थतन्त्र रहे मात्रै व्यापारीहरूले व्यापार गर्न पाउने भन्दै गभर्नर अधिकारीले केही समय सबैले धैर्य गर्नुपर्ने बताए । उनले भने,‘अर्थतन्त्र रह्यो भनेमात्र त्यहाँभित्र हामी रहने हो ।
त्यहाँभित्र व्यापारीले व्यापार गर्न पाउने हो, उद्योगीले उद्योग गर्न पाउने हो । यहाँहरूले अडिट गर्न पाउने हो । अर्थतन्त्र नै रहेन भने के गर्ने ?’ गभर्नर अधिकारीले विदेशबाट आउने रेमिट्यान्स औपचारिक क्षेत्रबाट ल्याउने प्रयास गर्दा गर्दै पनि नसकिएको बताए । अनुदान तथा सहुलियत दिएर रेमिट्यान्स बढाउने कुरा गरे पनि अहिले नेपालजस्तै अरू देश पनि विदेशी मुद्रा दिन नसक्ने अवस्थामा रहेकाले सोचेजस्तो रेमिट्यान्स आउन नसक्ने उनको भनाइ छ ।






