रुपनी जि.एम
काठमाण्डौ । स्थानीय तह निर्वाचन आउन अब केवल १० दिनमात्र बाँकी छ । वैशाख ३० गते हुन गईरहेको उक्त निर्वाचनमा अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन छ । यो गठबन्धन अघिल्ला वर्षहरुमा भए जस्तो सामान्य गठबन्धन भने हैन । यस पटकको गठबन्धनलाई पराजीत गर्न नेकपा एमालेलाई धेरै नै सकसपुर्ण वातावरणको सामना भने गर्न परिरहेको छ । यस्का बाबजुद गठबन्धन ‘फ्लप’ भएको र निर्वाचनमा गठबन्धनलाई पराजित गर्ने दाबी एमाले गर्दै आईरहेको छ ।
गठबन्धनलाई पराजित गर्न सकिने आधारहरूमा गठबन्धनको नेतृत्वदायी दल कांग्रेसमा बागीको बिगबिगी भएको र गठबन्धन दलहरूबीच अन्तरविरोध कायमै रहेको र ५० देखि ६० प्रतिशत नयाँ मतदाता अध्यक्ष केपी शर्मा ओलीका कारण एमालेप्रति आकर्षित भएको हुनाले पनि एमालेलाई निर्वाचन जित्न सहज हुने पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले बताउँछन् । उनै ज्ञवालीसँग स्थानीय तह निर्वाचनको विषयमा केन्द्रित भएर गरिएको कुराकानीको केही अंश
नेकपा एमालेविरुद्ध सिंगो पाँच दलको गठबन्धन छ । गठबन्धनसंगको प्रतिस्पर्धामा जीतको सम्भावना कस्तो देख्नु हुन्छ ?
नेकपा एमाले आफैमा एउटा ठूलो दल हो । संसदमा यस्ले गर्ने प्रतिनीधित्व अन्य दलको तुलनामा धेरै भएको हनाले यो देशकै ठूलो दलको रुपमा मानिएको छ । केही एकाध मात्र नभई धेरै प्रदेशमा एमालेको ठूलो दल छ । एमाले विभाजन गरेर नेता माधवकुमार नेपालले छुट्टै पार्टी बनाए पनि पूर्व माओबादीबाट वडादेखि केन्द्रसम्मै महत्वपूर्ण स्थानमा एमालेमा प्रवेश गर्नेको संख्यामा आईरो नै लागेको छ । निर्वाचन नजिकिंदै गर्दा कार्यकर्ता र मतदाताको पनि ठूलो संख्या एमालेमा थपिएको छ ।
अन्य पार्टीबाट असन्तुष्ट भएर एमालेमा प्रवेश गर्नेको संख्यामा दिनानुदिन बृद्धि हुँदै गएको हुनाले जनमत पनि उक्तिै बलियो हुँदै गई रहेको छ । फेरि, पाँच दलीय गठबन्धनभित्र आपसमै अन्तरविरोध चर्को छ । कांग्रेसमा बागीको बिगबिगी छ । गठबन्धनमा व्यापक असन्तुष्टि त्यस्तै छ । तर एमालेमा अर्को एउटा राम्रो र प्लस पोईन्टको कुरा के छ भने यस पटक कुनैपनि प्रकारको गुटबन्दी छैन यो पार्टीमा छैन । पार्टी ‘हाई कमाण्ड’को निर्णय मान्ने बफादार र इमान्दार नेता कार्यकर्ता छन् । त्यसैलेपनि जीत निश्चित नै छ ।
तपाईँले यसो भनिरहंदा कति स्थानीय तहमा एमालेले जित्ने सम्भावना देख्नु हुन्छ ?
चुनाव हो, हामीले आंकलन गरेको भन्दा कम बेसी त भई हाल्छ नै । ठ्याक्कै यति नै पालिकामा हामी विजयी हुन्छौ भन्न सकिंदैन । तर, स्थानीय तहमा भने हाम्रो बहुमत आउने सुनिश्चित छ । यसमा कुनै शंकै छैन । कसैलाई पनि के होला ? नतिजा कस्तो आउला भनेर चिन्ता नगर्नपनि म आग्रह गर्दछु । किनभने नेकपा एमाले देश र जनताको हीतमा काम गर्ने एउटा लोकतान्त्रीक पार्टी हो । धरातालदेखि नै बलियो भएको र लोकतन्त्रमा विश्वास गर्ने पार्टीलाई कसैले पनि हराउनै सक्दैन । बहुमत कति अंकले बढी हुन्छ होला भन्ने त्यो हिसाबको अर्को पाटो होला तर अहिले नयाँ मतदाता थपिएको थपियै हुनाले हामीले स्थानीय तहमा बहुमत ल्याएर आफ्नो जीतलाई सुनिश्चित गर्छौ । यो कुरामा ढुक्क भए हुन्छ ।
कतिपय यस्ता पालिका छन् जहाँ पुरुष उम्मेदवारलाई दोहोर्याइ रहंदा महिलाहरुलाई वाडमा समेत अध्यक्षको उम्मेदवारकालागी टिकट दिईएन । महिलाहरुलाई टिकट नदिनुको कारण भन्न सक्नु हुन्छ ?
सबै त हैन तर केही पालिकाहरुमा पुरुष दोहोरिंदा महिलाहरुलाई पुरुषको सरह स्थान दिन नसकिएको कुरा साँचो हो । यस्को पछाडी आफ्नै एउटा टेक्निल विषय छ । यो विषयमा पछि पार्टीमा व्यापक छलफल पनि हुनेछ । तर केही वडाहरुमा महिलाहरुलाई टिकट नदिईएको भन्ने विषयले एमालेलाई हराउन त्यति सजिलो भने छैन । नेकपा एमालेका महिला नेत्रीहरु अन्य पार्टीका महिला नेत्रीको तुलनामा असाध्यै नै समझदार र पार्टीकालागी बफादार हुनु हुन्छ । उहाँहरुले टिकट नपाउँदा पार्टी परित्याग गरिहाल्ने वा पार्टी भित्रै बसेर पनि पार्टीलाई अन्तरघात गर्ने भन्ने कुराको परिकल्पना समेत गर्नु हुन्न ।
नेकपा एमालेका महिला नेत्रीहरु सबै राजनीतिक ब्याकग्राउण्डबाट आउनु भएको हो । अन्य दलका जस्तै टपक्क टिपेर उच्च स्थानमा बस्न रुचाउनेहरु जस्तो भने होईन । उहाँहरु आफैमा एक सचेत र संवेदनशील भएर काम गर्ने अनि पाएको जिम्मेवारीलाई सम्हाल्न जानेको व्यक्तित्व हुनुहुन्छ । त्यसैले पार्टीले केही महिला उम्मेदवारलाई टिकट दिईएको छैन र उहाँहरु ब्याक हुनु भएको छ भने त्यसमा पनि कुनै कारण त पक्कै छ होला भन्ने कुरालाई उहाँहरुले रम्ररी नै बुझ््नु भएको छ । उहाँहरुलाई उम्मेदवारी नदिईएको विषय पार्टी भित्रकै एउटा आन्तरिक विषय त हो र यो निर्वाचनपछि छलफलकै विषय पनि बन्नेछ ।






