नेपालगन्ज । नेपाली काँग्रेस र जनता समाजबादी पार्टीले मेयर र उपमेयर बाँडफाँट गर्दा महिला सहभागितालाई उपेक्षा गरेका छन् । काँग्रेसले मेयरमा प्रशान्त बिष्ट र उपमेयरमा समाजबादीले कमरुद्धिन राईलाई उम्मेदवार बनाएको छ । सत्तागठबन्धनको नेकपा माओबादी केन्द्र र एकिकृत समाजबादीले भने मुख्य पदमा केही नपाएपछि वडामा भने एकल प्रतिस्पर्धा गर्दै छन् ।
तर काँग्रेस र जनता समाजबादी पार्टीले महिला सहभागिता नगराएपछि नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका छन् । समाजबादीमा राई मेयरका उम्मेदवार घोषणा भई प्रचारप्रसारमै जुटिसकेका थिए । आफुलाई भाग परेको उपमेयर नलिने घोषणा गरेका राईले केन्द्रीय निर्णय मान्ने भन्दै उपमेयरमै चित्त बुझाए । उनले उपमेयरमै चित्त बुझाएपछि समाजबादीकी उपमेयरको सम्भावित उम्मेदवार रमारानी बैश्यले पार्टी छाडेकी छन् ।
उनी रुष्ट भएपछि राप्रपा नेपालमा प्रवेश गरेकी हुन । गठबन्धनका नाममा महिलाहरु माथी अन्याय गरेको भन्दै माओबादीकै उम्मेदवार महिला नेताहरु समेत रुष्ट छन् । निर्वाचन नजिकिंगर्दा असुन्तुष्ट महिलाहरुद्धारा नेपालगञ्जमा कांग्रेस र समाजबादीका नेतृत्व सम्हालेकाहरुप्रति आलोचनासंगै चर्को विरोधको गरिएको छ ।






