रुपनी जि.एम
बर्दिया । बैशाष ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा केही केही ठाउँमा बाहेक प्राय ठाउँमा ‘आफ्नो गाउँ आफै बनाऊ’ भन्ने एमालेको मूल नारालाई आत्मासाथ गर्दै युवाहरुले आफ्नो उम्मेदवारीको टिकट पाएका छन् । त्यही टिकट पाउनेमा नेकपा एमालेबाट बर्दियाको बाँसगढी नगरपालिकाको मेयर पदकालागी खडक बहादुुर खड्का उम्मेदवार चुनिएका छन् ।
कम बोल्ने तर काम गर्न अग्रसर हुन रुचाउने उनलाई पार्टीकालागी उनले गर्दै आएको योगदानको मूल्यांकन गर्दै यस पटक नेकपा एमालेले बाँसगढीको रुप फेर्नलाई मेयरको उम्मेदवार चयन गरेको छ । पार्टीले उनलाई मेयरको उम्मेदवार चयन गर्नुमा एउटा मात्र कारण छैन । उनले पार्टीलाई दिएको योगदान त मूूख्य कारण छंदै छ त्यसका साथै उनीसंग अबको बाँसगढीलाई सम्बृद्धि र विकासको बाटोबाट अघि बढाउनकालागी तयार पारिएको स्मार्ट भिजन छ । जुन भिजन पुरा गर्नकोलागी यस अघिको स्थानिय सरकाले जग बसालि दिएको छ ।
त्यही जगका आधारमा उनले आफ्नो भिजनलाई पुर्णता दिनेछन् । उनको जीतसंगै बाँसगढी नगरपालिकामा माध्यामिक तहसम्मकै पढाईलाई निशुल्क रुपमा सञ्चालन गर्ने योजना छ । यसका साथै बर्दिया त्यसमापनि बाँसगढी कृषिको उत्पादनमा चिनिएको नगर भएको हुनालेपनि त्यस क्षेत्रका किसानलाई उचित मूल्य प्रदान गर्नकोलागी बजारको व्यवस्थापन गर्ने भिजन छ । यतिमात्र हैन भूमिहीन किसानलाई स्थाई बसोबासको व्यवस्था गर्ने उनको मूख्य योजना छ ।
जाजरकोटमा जन्मिएर सानै उमेरमा बर्दिया बसाई सरेका खड्काले बर्दियाको जनता र समाज परिर्वतनकालागी धेरै योगदान दिएका छन् भन्दा अतियुक्ति नहोला । जाजरकोटबाट बर्दियाको बासिन्दा हुनमा उनलाई उनका बाबुु बाजेले सघाएका थिए । २०३५ सालमा बर्दिया जिल्ला तत्कालीन डेउडाकला गाउँ पन्चायत को लक्षमणा गाउँमा बाबू बाजेले जाजरकोटबाट बसाइँ सराइ गरेसंगै उनी र उनका सन्तान पनि बर्दिया बासी नै बने । उनले आफ्नो प्रारम्भिक शिक्षा त्रिभुवन माध्यामिक विद्यालय ककौराबाट शुरु गरेका थिए ।
उतिबेला खडकाले पढेको त्रिभुवन मा.वि ककौरालाई बर्दिया जिल्लाकै तत्कालीन मालेको राजनीतिक केन्द्रको रूपमा अनेरास्ववियुको मेरुदण्ड नै मानिन्थ्यो । राजनीतिको मूूल जरा गाडिएको उक्त विद्यालयमा नै खडकाले पढ्ने मौका पाएको हुनाले २०३५, ३६ को विद्यार्थी राजनीतिको राप तापलाई उनले नजिकबाट बुझेका थिए । खडका दमौली टिसिएन आन्दोलनमा प्रत्यक्ष सहभागी एक विद्यार्थी पात्र पनि हुन् । भट्टी तो ड आन्दोलन होस् या भ्रष्टाचारजन्य जमिन्दारी शोषण विरुद्धको आन्दोलन होस् सबै आन्दोलनमा बाल्यकाल देखि नै सक्रिय भुमिका निर्वाहा गरेको इतिहास छ उनीसंग ।
बर्दियाको बेलुवामा बसाई भएपछि निम्न माध्यमिक तह देखि जनता मा बी बेलवामा अध्यान शुरु गरेका खडक बहादुर खड्का उमेरमा सानो भए पनि स्कुलमा हुने शैक्षिक सुधारका आन्दोलन देखि स्कुलमा हुने खेलकुद र सस्कृतिक क्षेत्रमा सधै अगुवाकै भुमिकामा रहेका हुन्थे । ०४४ साल देखि अनेरास्ववियुको बिधिवत सम्पर्कमा रहेदेखी विद्यार्थी आन्दोलन हुँदै आजसम्म निरन्तर पार्टी राजनीतिको जिम्मेवारीमा अघि बढेका छन् ।

२०४६ सालमा पर्चा पम्पलेट छर्दै र घरका भित्ताहरु रातो गेरुले रंगयाउदै सयुक्त जनाअन्दोलमा सहभागी भएका खड्का २०४६ सालको परिवर्तनपछि मालेको पार्टी राजनीतिमा प्रवेश गरेका थिए । त्यसपछि खडका बेलवाको अगुवा पार्टी नेतामा स्थापित भैसकेका थिए । २०४८ सालको संसदिय निर्वाचनमा क। बामदेव गौतम उम्मेदवार हुँदा बेलवाको स्टार प्रचारक थिए उनी । यस अर्थमा उनीसंग राजनीतिक मात्र नभई समाजका हरेक विकृति र विसंगतिलाई नजिकबाट नियाले अनुभव छ । जुन अनुभवलाई माझ्दै अब उनले समृद्ध समाजको खाका कोर्न दम्भ राख्छन् ।
समय अनुसार परिवर्तित राजनीतिसंगै उनको पनि भूूमिकाहरुमा परिवर्तन हुन थाल्यो । त्यसैले २०४९ सालको स्थानीय निर्वाचनमा बेलवाका प्रमुख पार्टी बक्ताको भुमिकामा रहेर पार्टीले दिएको जिम्मेवारी सम्हाले उनले । पार्टीले दिएको जिम्मेवारी अनुसार बेलवा गाउँ कमिटी सदस्य, सचीव, ईलाका सचीव, जिल्ला कमिटी सदस्य तथा इलाका इन्चार्ज सगठन बिभाग प्रमुख भएर लामो समय बर्दिया जिल्लाको एमालेको पार्टी राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहे खड्काले । यतिमात्रै होइन उनी भेरी अञ्चल समन्वय कमिटी सदस्य हुँदै पार्टीको दशौ रास्ट्रिय माहाधिवेशनबाट हाल नेकपा एमाले केन्द्रिय कमिटीको सदस्यको जिम्मेवारी निर्वाहा गरिरहेका छन् ।
२०५५ सालदेखि अखिल नेपाल किसान संघको केन्द्रिय सदस्य हुँदै भेरी अञ्चल इन्चार्ज र किसानका मुद्दा पहिचान गर्दै सरकारसंग समाधान गर्न मध्य पश्चिम संघघर्ष समितिको सयोजक भएर इमानदारीताका साथ आफुले पाएको जिम्मेवारी पूरा गरेका छन् खड्काले । ०४७ सालमै प्रगतिशील लक्षमणपुर युवा कलब स्थापना गरेर आफू अध्यक्ष भई युवाहरू लाई कुलत तर्फ लागेर बरालिन होइन खेल तथा प्रगतिशील सस्कृकित क्षेत्रमा लगेर ब्याक्तितव बिकास गर्न मात्रै होइन कृषि सहकारी स्थापना गरि किसानलाई विभिन्न जागरण ल्याउन राहत रिण र रोजगार सिर्जना गर्ने सक्दो पहलकदमी लिने एउटा अभियान्ता समेत हुन् उनी ।
स्पष्ट भिजन र जनताको जीवन परिवर्तन गरि स्तर उठाउन सक्ने क्षमता भएका खड्का बासगढिका मेयर भए भने अपेक्षित र आसातित फड्को मार्ने कुरामा कुनै शंका छैन । किनभने उनी न केवल एक होनहार राजनीतिक योद्धा हुन् उनी त जनताको समस्यालाई कुन तरिकाले समाधान गर्दा त्यसको नतिजा सकारात्मक र पादर्शि हुन्छ भनेर निर्णय लिन सक्ने एक शिक्षित नेता पनि हुन् । अहिलेको समाज परिवर्तन गरी नयाँ समाज निर्मार्णकालागी राजनैतिक अनुभवसंग शिक्षामा पनि उत्तिकै अब्बल ज्ञान भएको नेतालाई जिताउन आवश्यक छ । जस्कालागी खडक ब। खड्का बाँसगढी नगरपालिकाको मेयरकालागी योग्य मानिन्छन् ।






