सरला सुबेदी
राप्तिसोनारी । विक्रम संवत २०१६ सालमा बुवा बाजीराम थारु र आमा बेचनी थारुको कोखबाट जन्मिएका रामदाश थारु २०३६ सालबाट राजनीतिमा अनि सामाजिक सेवामा प्रवेश गरेका हुन् । थारु समुदाय त्यो पनि बाँके जिल्लाको सबै भन्दा दुर्गम मानिने पालिकामा जन्मिएर हुर्किएका उनी निकै सरल स्वभावका छन् ।
सानै उमेरदेखी राजनीति र समाज सेवामा खरिएका रामदास २०४३ सालमा पन्चायत व्यवस्थामा जनपक्षीय उम्मेद्बार भएर वडामा निर्वाचित भएका थिए । त्यो बेला निर्वाचित हुँदा २७ बर्षको अल्लारे थिए त्यो बेलाको जोश जागर उनी अहिले ६३ बर्षको हुँदा पनि जोश जागर अनि उत्साहमा कत्ती पनि कमि भएको छैन् । २०४३ सालमा पन्चायत व्यवस्थामा निर्वाचित उनी जनताको सेवामा खटिए लगत्तै उनी २०४६ सालमा नेकपा एमालेको गाउँ कमिटीको सदस्यमा आवद्ध भएदेखि निरन्तर आजसम्म अनि उनी पाटी भित्रका सक्रिय योद्धाको रुपमा परिचित छन् ।
उनी गाउँ कमिटी सदस्य भए लगत्तै २०४७ सालमा इलाका कमिटी इन्चार्ज २०४९ सालमा जिल्ला कमिटि सदस्य र २०४९ सालको स्थानिय तहको चुनावमा साबिकको कचनापुर गाबिसबाट अध्यक्षको रुपमा निर्वाचनमा होमिएर झिनो मतले पराजित भएका थिए । यस्तै २०५१ सालमा बाँके क्षेत्र नम्बर १ को इन्चार्ज भएर काम गरे भने २०५७( २०६० सालमा नेकपा एमालेको कार्यलय सचिव भए पाटी अनि संगठन निर्माणमा लागिरहे ।
उनको राजनिती अनि समाजसेवाको मोहले गर्दा उनिलाई २०५४ सालको स्थानिय निर्वाचनमा पुनस् गाबिस अध्यक्षको रुपमा उम्मेद्बार बनाइयो त्यो बेलापनी उनी थोरै मतले पराजित भएका थिए । उनी अन्य पाटिसङ्गको राजनीति प्रतिस्पर्धामा पराजित भए पनि जनताको सेवा गर्न अनि सामाजिक कार्यमा अनि जनताको नजरमा कहिले पनि पराजित भएनन् ।
यस्तै २०६४ सालको संविधान सभाको चुनावमा उनिलाई समानुपातिक उम्मेद्बारको रुपमा उठाइएको थियो उनीले त्यो बेला अत्याधिक मत पाए पनि उनी पद पाउने स्थानमा पुग्न सकेनन् । उनले हारे पनि पद नपाएपनी राजनिती र निरन्तर लागिरहे फलस्वरूप उनलाई २०७० सालको दोस्रो संविधान सभाको चुनावमा उनिलाई फेरि समानुपातिक उम्मेद्बारको रुपमा उठाइयो त्यो बेला उनी आफ्नो पाटिलाई चुनाव जिताउन पुर्ण रुपमा सफल भए तर उनी आफू सफल भएनन उनी भन्छन म पार्टीलाई जिताउन निरन्तर लागिरहे मेरा पाइला कहिले लडबडिएन ।
उनी भन्छन्,‘साच्चै राजनितिमा थकान भन्ने सब्दनै नहुने रहेछ म आजको दिन सम्म आइपुग्दा पनि त्यो थकान कहिले महसुस गरिन जबसम्म म जनताको सेवामा खटिरहनेछु त्यो दिनसम्म म थाक्ने छैन म गाउँ समाज अनि पाटिलाई हाक्ने छु ।’ उनी राजनीति मा मात्रै नभैइ सामाजिक कार्यमा पनि उतिकै लगनशिल र सक्रिय छ्न उनी लक्ष्मी माबी मधुईको विद्यालय व्यवस्थापन समितीको अध्यक्ष पदमा रहिरहदा विद्यालयमा कृषि बिषय ल्याउन सफल भए ।
राप्तिसोनारी गाउँपालिका कृषि क्षेत्रमा निकै सम्भावना बोकेको पालिका भएको हिसाबलेपनी यहीँ कृषि शिक्षाको एकदमै आवस्यकता थियो मैले त्यो आवश्यकतालाई आफ्नो जिम्मेवारी ठानेर कृषि बिषय ल्याउन सफल भए । म आफू पदमा नहुदा पनि आफ्नो पहलमा जिरो माथेबासबाट शम्शेरगन्ज जिरो निस्कने रोड १७ किलोमीटर पिच गर्न सफल भएको र अब आफुले निर्वाचन जिते लगत्तै ५ किलोमीटर बाँकि रहेको अधुरो योजना पूरा गर्ने बताए ।
पार्टी अनि जनताप्रती एकदमै इमान्दार , लगनशिल र कर्तव्यनिष्ठ भएर छल, कपट, बेईमान नभएका जनताप्रति सधै सरल र मिठास बोली भएका नम्र स्वभावका धनी रामदास पराजित हुँदा पनि पुनःह राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा उनलाई नेकपा एमालेले उमेद्वार गराएको छ । रामदास भन्छन्,‘म जनताको सेवा मा सधै दास बन्न तयार छु म सोझो थारुको छोरोलाई नेकपा एमालेले एकदमै न्याय गरेको छ मेरो कामलाई पार्टीले मूल्याकंन गरेको छ म एकदमै खुसी छु ।’
मैले चुनाव जितेर गएपछी मेरो पहिलो प्राथमिकताको बिषय भनेको समृद्ध राप्तिसोनारी अनि सुखी राप्तिसोनारीबासी हुनेछ । मैले पन्चायत काल देखि गर्न नसकेको काम अबका दिनमा पूरा गर्नेछु । सामाजिक काम गर्दागर्दै पनि कतिपय काम पद बिहिन भएकै कारण पूरा गर्न नसकिने रहेछ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन पश्च्यात म निर्वाचित भए भने राप्तिसोनारी गाउँलालिका लाई सडक सन्जालमा सहजै जोड्ने, भौतिक पुर्वाधार बिकास गर्ने, कृषिलाई आधुनिकिकरण गर्ने,
प्रकृति र सस्कृती सरक्षण बिकासका लागि पर्याउने पर्यटनको प्रबर्द्धन गर्ने, स्वास्थ शिक्षा र खानेपानीलाई सर्वसुलभ बनाउने कचनापुर र बिनौना जोड्ने पुलको अधुरो काम पूरा गर्ने , टिकुली पुर र ढलैया जोड्ने झोलुङ्गे पुल अनि धामपुर र खोरिया जोढ्ने झोलुङ्गे पुलको लागि पहल गर्ने प्रयास गर्ने छु । भन्ने प्रतिबद्धता गरेका छन् । आसा छ उनले जनतासामु अनि हामी माझ गरेका प्रतिबद्धता पूरा गर्नेछन् ।






