बाँके । नेकपा एमाले खजुरा गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनका लागि ११२ बुँदे प्रतिबद्धता पत्र सार्वंजनिक गरेको छ । बाँकेको खजुरामा एक कार्यक्रमको आयोजना गरि एमाले खजुराले प्रतिबद्धता सार्वजनिक गरेको हो । ‘१ सय १२ बुंदे प्रतिवद्धता पत्र हामीले कुनै हालतमा पनि लागु गरेर देखाउने बाचा अध्यक्ष पदका उम्मेद्वार सुमन मल्लले जानकारी गराए । खजुराबासीले यो प्रतिवद्धतापत्र सुरक्षित राख्नुस् पुरा भएन भने हामीलाई भन्नुस् ।’ मल्लले भने ।

एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्री, गाउँपालिकाका उपाध्यक्ष एकमाया विकलगायत, खजुरा गाउँपालिकाको एमालेतर्फका अध्यक्ष उम्मेदवार सुमन मल्ल, उपाध्यक्षको उम्मेदवार नजिरा बेगमलगायतले संयुक्तरुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । काठमाण्डौको बुढानिलकण्ठ स्कुलको मोडलमा खजुरामा एउटा विद्यालय सञ्चालन गर्ने, माध्यमिक तहका सबै विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, मेरो खजुरा म सफा गर्छु भन्ने मूल नाराका साथ स्वच्छ खजुरा महाअभियान सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ ।
त्यसैगरी ५ वर्षभित्र खजुराका सबै ग्राभेल सडक कालोपत्रे गर्ने, कृषकलाई उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरिने, युवाहरुमा उद्यमशीलताको विकास गर्न २० करोडको उद्यमी युवा घुम्ती कोषको स्थापना गरिने र त्यसबाट ५ वर्षमा २ हजार युवा उद्यमी बनाउने लक्ष्य रहेको छ । कार्यक्रममा एमालेबाट खजुरा गाउँपालिका अध्यक्षका उम्मेदवार मल्लले काम गरेर देखाउन प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
उनले खजुरावासीलाई प्रतिबद्धता पत्रलाई सिरानीमा राखेर सुत्न र कार्यान्वयन भए नभएको मूल्यांकन गर्न अनुरोध गरे । प्रतिबद्धता पत्र सार्वजनिक गर्दै एमाले खजुरा अध्यक्षका उम्मेदवार सुमन मल्लले यो प्रतिबद्धता पत्र सिरानिमा सुरक्षित राख्न भनेका छन् । यो प्रतिबद्धता पत्र सुरक्षित राख्नुस, अनि गाउँपालिका आउँदा लिएर आउनुहोस् एउटा एउटा बुंदाहरु कार्यान्वयन भएको देख्न सक्नुहुनेछ, मल्लले आफु काम गर्नकै लागी चुनावमा होमिएको समेत बताएका छन् ।
बाँके खजुरा गाउँपालिकाको अध्यक्षका प्रत्यासी उम्मेद्वार सुमन मल्लद्धारा घोषित १ सय १२ बँदाको घोषणापत्र, देशकै लोभ लाग्दो घोषणापत्र
बाँके खजुरा गाउँपालिकाको अध्यक्षका प्रत्यासी उम्मेद्वार सुमन मल्लद्धारा घोषित १ सय १२ बँदाको घोषणापत्र, देशकै लोभ लाग्दो घोषणापत्र
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






