बर्दिया । यही बैशाष ३० गते हुन गई रहेको स्थानिय निकायको निर्वाचनकालागी नेकपा एमालेका उम्मेदवारहरुले आज बर्दियाको बढैयाताल गाउँपालिकाकाको निवार्चन कार्यालयमा आफ्नो मनोनयन दर्ता गराएका छन् । त्यसरी दर्ता गराउनेमा पालिका उपाध्यक्षको टिकट पाएकी एमाले नेतृ लक्ष्मि अधिकारी पनि एक हुन् । पार्टीले उनलाई उपाध्यक्षमा उम्मेद्धारको रुपमा चयन गरेपछि उनले आफ्नो मनोनयन दर्ता गराएकी हुन् ।
लक्ष्मि अधिकारी यो नाम पार्टीकालागी जिल्ला तहदेखि केन्द्रिय तहसम्म नै निकै नै चिरपरिचित नाम हो । उनको राजनैतिक यात्रा वि.सं. २०४७ सालदेखि नेकपा एमालेबाट शुरु भएर अहिले पनि यही पार्टीमा नै सक्रिय रही रहेको छ । झण्डै ३ दशक लामो पार्टीमा योगदान दिंदै आएकी लक्ष्मिले पार्टीको विभिन्न भातृ संगठनहरुमा आवद्ध रहेर इमान्दारीताका साथ आफ्नो जिम्मेवारी पुरा गर्दै आएकी छन् । महिलाका हक अधिकारलाई कानूनत सुनिश्चित गर्ने उनको अभियानको पहिलो एजेण्डा हो ।
‘पार्टीकालागी मैले गरेको मेरो योगदानको कदर गर्दै यो स्थानिय चुनावमा मलाई पालिका उपाध्यक्षकोलागी चयन गरिएको हो ।’ उनी भन्छिन्,‘पार्टीले मलाई दिएको जिम्मेवारीलाई वफादारिताका साथ निभाएको हुनाले आज मलाई उपाध्यक्षको उम्मेदवार चयन गरेर ममाथि अझैं जिम्मेवारी थपिदिएको छ । यो मेरोलागि अर्को एउटा चुनौति नै हो । टिकटकालागी मैले गाउँ कमिटिदेखि वाड हुँदै जिल्ला र केन्द्रसम्मको यात्रा तय गरेकी छु. । आज त्यसैको मूल्यांकन भएको छ ।’
बढैयाताल गाउँपालिका वडा नं. ८ निवासी लक्ष्मि अधिकारी एक कुशल नेतृका रुपमा परिचित छिन् । हुनुका साथै उनी योग्य सहकारी संचालक पनि हुन् । १२ वर्षदेखि सहकारी संचालन गरेर उनले महिलाहरुलाई आर्थिक रुपमा सबल स्वावलम्बन गराएको बताउँछिन् । ७ सय भन्दा बढी महिलाहरु सहभागिता भएको उनको संकल्प महिला विकास बहुउद्येशिय सहकारीमा थुप्रै त्यस्ता विपन्न वर्गका महिलाहरुलाई आर्थिक रुपमा आर्थिक रुपमा सक्षम हुन सहयोग गरेकी छिन् ।
महिलाहरु जबसम्म आर्थिक रुपमा सक्षम हुँदैनन् तबसम्म उनीहरु स्वतन्त्र भएर काम गर्न पाउँदैनन् भन्दै हरेक क्षेत्रमा महिलालाई अघि बढाउनकोलागी उनीहरुको आर्थिक पाटोलाई बलियो बनाउनमा सहयोग गर्नु पर्छ । उनी भन्छिन्,‘पार्टीले मलाई उपाध्यक्षकालागी टिकट दियो । चुनाव लड्न र यस्मा विजयी हुनकोलागी मलाई यिनै महिला दिदीबहिनीहरुले नै उत्साह र ऊर्जा दिनु भएको छ । जब कि कुनै समय मैले उहाँहरुलाई समूहमा आवद्ध हुनकालागी उत्साह दिनुु पर्दथ्यो । दिदीबहिनीको यो सहयोग अनि मलाई दिनुभएको हौसलाले चुनाव जित्छु भन्नेमा म ढुक्क छुु ।’
प्रतिद्धन्द्धि पार्टीका अन्य उम्मेद्धारहरुलाई चुुनावी मैदानमा पछाडि नै पार्छु भन्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा उपाध्यक्षकी उम्मेदवार लक्ष्मि भन्छिन्,‘एमाले त्यो विशाल पार्टी हो जस्ले केवल जनता र देशको हीतकालगी मात्रै काम गर्दै आएको छ । र म यही पार्टीको एउटा नेता तथा कार्यकता हुँ । पार्टीको सिद्धान्त अनुसार नै मैलेपनि मेरो समुदाय र यहाँका जनताकालागी अहोरात्र खटिएर काम गरेको छु । मेरो कामको मूल्यांकन यहाँका जनताले अवश्य नै गर्नेछन् भन्नेमा म विश्वस्त छु ।’
उमेरले ५ दशक यात्रा पार गरेकी लक्ष्मिसंग आजपनि काम गर्नकोलागी उस्तै ऊर्जा छ । उनी आजपनि पार्टीले दिएको जिम्मेवारी पुरा गर्न अहोरात्र खटिएकी हुन्छिन् । हँसिली स्वभावकी उनी हेर्दा र सालिन र बेदाग चरित्रले भरिएकी एकल महिला पनि हुन् । राजनीतिमा लाग्नुभन्दा पहिला, लागिसकेपछि र अहिलेसम्मको निरन्तर यात्रामा कायम रहेकी उनी एक कुुशल नेतृ हुन सफल भएकी छन् । विगतलाई फर्किएर हेर्दा उनी भावुुक भईन् तर आज पाएको सफलताले उनको मुहारमा उत्साह भरिदिएको छ ।






