नेपालगञ्ज । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि राप्रपाबाट नेपालगञ्जको उपमेयरमा बिन्दु चर्ती मगर महिला तर्फको एक्लो उम्मेदवार हुन् सफल भएकी छन् । बाँकेका आठ पालिका मध्ये नेपालगञ्ज उपमहानगर पालिकामा राप्रपाबाट बिन्दु चर्ती मगरलाई उपमेयरकालागि उम्मेदवार चयन गरिएको छ । राजनितिक, सामाजिक र व्यक्तिगत यी सबै क्षेत्रमा स्वच्छ छवी बनाउन सफल भएकै कारणले पनि युवा नेतृ चर्ती मगरलाई राप्रपाले उपमेयरको उम्मेदवारकालागी चयन गरेको हो ।
पार्टीको उपाध्यक्ष समेत रेहेकी नेतृ बिन्दुु चर्तीलाई पार्टीले एउटा योग्य, होनहार र पार्टीप्रति कटिबद्ध भएर लागिपरेकी ईमानदार नेताको रुपमा चिन्दै आएको छ । उनले बैशाष ३० गते हुन लागिरहेको स्थानिय चुनावमा टिकट पाउनुको एउटै कारण छ विगत १५ वर्षदेखि राप्रपामा आवद्ध भएर उनले पार्टीले दिएको सबै खाले जिम्मेवारीलाई इमान्दारीताका साथ सम्हाल्दै आएकी छन् । युवा नेतृ चर्ती मगर रेडक्रस गनापुरको उपशाखा सचिव लगायत अन्य संघसंस्थामा आवद्ध रहेर अहिले उनी अन्य मलिाका तुलनामा अग्रपंक्तिमा छिन् ।

सहयोगी भावना र मिलसार स्वभावका साथै पढेलेखेकी, जुझारु र उर्जावान् युवा नेतृ चर्ती मगरको पहिचान केवल एउटा राजनितिक छवि मात्र सिमित छैन । उनी यस क्षेत्रकै चर्चित पुष्प व्यावसायिका रुपमा पनि उत्तिकै परिचित छिन् । महिला भएकै नाताले उनले पार्टिको मात्र नभई अन्य महिलाहरुलाई पनि राजेगार लगाएत उनीहरुलाई आवश्यक परेको सबैखाले सहयोगहरु गर्दै आएकी छन् । २०६२ देखि राप्रपाको राजनीतिमा होमिएर आजसम्म उनले आफ्नो पार्टीलाई धेरै अतुलनिय योगदान पुर्याएकी छन् ।
सबैको मनमा बस्न सफल युवा नेतृ चर्ती मगर साबिक वडा नम्बर ८ हाल वडा नम्बर २० को राप्रपाको बुथ सचिव हुँदै महिला संगठनको अध्यक्ष समेत बनिसकेकी छिन् । राजनीतिक पृष्ठभूमिबाट आएकी उनी नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचित सदस्य, लायन्स क्लब अफ नेपालगञ्ज युनिटीको संस्थापक अध्यक्ष समेत हुन् । नेतृ चर्ती मगरलाई नेपालगञ्ज उपमहानगरपालिकामा उपमेयरको सशक्त उम्मेदवारका रुपमा हेरिएको छ ।






