हेटौंडा । हेटौंडा उपमहानगरपालिका ९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तो’डफो’ड भएको छ । गयराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तो’डफो’ड गरेको हो । बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तो’डफो’ड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा(९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए । मदन भण्डारीको शालिकको शिर भाँ’चेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए । पार्कमा रहेका अन्य संरचना भने यथावत रहेको उनले बताए ।
‘त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको भण्डारी बताउँछन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारी सहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ ।
मदन भण्डारी र जीवराज आश्रितको शालिक तो’डफो’ड, कस्ले ताड्यो ?
मदन भण्डारी र जीवराज आश्रितको शालिक तो’डफो’ड, कस्ले ताड्यो ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






