काठमाण्डौ । नेप्से परिसूचक बुधबार एकैदिन ३६ दशमलव ७३ अंकले घटेर शेयर बजारको अवस्था डामाडोलो हुन पुगेको छ । एकैदिन १.५३ प्रतिशतले घटेको नेप्से २३ सय २० अंकमा घटेर शेयर बजार डामाडोल अवस्थामा पुगेको हो । नेप्सेमा सेन्सेटिभ इन्डेक्स ६ दशमलव ६९ अंकले घटेर चार सय ८१ दशमलव ८ अंकमा पुगेको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको हो ।
नेप्से परिसूचक साताको पहिलो दिन आइतबार र सोमबार पनि ओरालो लागेको थियो । मंगलबार नेप्से १३ दशमलब ६७ अंकले बढेर २३ सय ५७ दशमलव २५ अंकमा पुगेको थियो । नेप्सेमा बुधबार ३५ लाख ७० हजार कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा १९९ कम्पनीका सेयरधनीले गुमाएका छन् भने २० कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।
निरन्तर सकारात्मक सर्किट लाग्दै आएको नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा बुधबार १० प्रतिशतको नकारात्मक सर्किट लागेर घटेको छ । नेस्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३०१ रुपैयाँ घटेर दुई हजार ७१० रुपैयाँ पुगेको छ । बजारमा जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशत बढेर कारोबार भएको छ ।
सर्किट लागेका ग्रीन भेन्चर लिमिटेडको सेयर २९ रुपैया बढेर ३२८ रुपैया पुगेको छ भने जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५८ रुपैयाँ ६४५ रुपैया पुगेको छ ।नेप्सेमा बुधबार नेस्डो लघुवित्त एनआईसी एसिया सिद्धार्थ बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनी को सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।






