काठमाण्डौ । नेकपा (माओबादी केन्द्र) का नेता एवं सांसद नारायणप्रसाद दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० लाई कमजोर बनाउन भरतपुरमा देशी विदेशी शक्तिले आँखा लगाएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेता दाहालले यस्तो आरोप लगाएका हुन् ।
उनले भने, “यतिखेर माओबादीलाई कमजोर बनाउनु भनेको प्रचण्डलाई कमजोर बनाउनु हो । प्रचण्डलाई कमजोर बनाउनु भनेको भरतपुरलाई कमजोर बनाउनु हो । प्रचण्डलाई अहिलेको प्रक्रियाबाट बाहिर ल्याउनु भनेको संविधान, लोकतन्त्र, लामो संघर्षको उपलब्धिलाई धरापमा पार्नु हो । उनले भरतपुर महानगरपालिका माओवादी केन्द्रले नछाड्ने पनि बताए ।
दाहालले भने, भरतपुर महानगरपालिका कुनै पनि हालतमा छाडिँदैन । रेणु दाहालको माग प्रचण्ड र गठबन्धनको भन्दा पनि भरतपुरका जनताको माग हो । रेणु दाहाल जनताको अनिवार्य आवश्यकता भैसक्यो ।” नेपाली कांग्रेसका कार्यकर्ताले पनि रेणु दाहाललाई स्वीकारिसकेको दाबी उनले गरे । उनले थपे, “नेपाली कांग्रेसका केही नेताहरुले एक खाले द्वन्द्व निकालेका छन् ।
माओबादी केन्द्रलाई महानगर र संसदीय क्षेत्र छाड्नु पर्दा अप्ठ्यारो हुने भनेका छन् । तर नेपाली कांग्रेसको शीर्ष नेतादेखि वडासम्म कार्यकर्ताले भरतपुर माओवादीलाई हो भन्ने परिसकेको छ । औपचारिक रुपमा लिखित निर्णय गर्न मात्र बाँकी छ । भरतपुर माओवादी केन्द्रको हो भन्नेमा दुबिधा छैन ।” भरतपुर चाहिन्छ भन्ने कांग्रेसले माओबादीलाई काठमाण्डौ र ललितपुर छाड्न सक्नुपर्ने चुनौती पनि दाहालले दिए ।
“काठमाण्डौ, विराटनगर, पोखराको चर्चा नचल्ने, भरतपुरको मात्र किन चल्यो ? भरतपुर ठूलो र महत्त्वपूर्ण सहर भएर होइन । माओबादी केन्द्र र प्रचण्डको क्षेत्र भएकाले सम्पूर्ण ता क त लगाएका छन् । विरोधीहरुले प्रचण्डलाई ठेगान लगाउन खोजेको नेपाली कांग्रेसका साथीहरुले पनि बुझेका छन् । ललितपुर र विराटनगर कांग्रेसलाई नै चाहिने हो भने भरतपुर हामीलाई किन नचाहिने ?” नेता दाहालले भने ।






