कास्की । पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट १८ जनाले मनोनयन दर्ता गरेका छन् । कांग्रेस पोखरा महानगर समितिले नाम दर्ता गराउन आह्वान गरेपछि मेयरमा १८ जना र उपमेयरमा आठ जनाले मनोनयन दर्ता गरेका हुन् । मेयरका लागि कांग्रेसबाट गंगाधर पराजुली, सुदीप मोहन भट्टराई, डा. परमेश्वर पोख्ररेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ,
नन्दप्रसाद तिवारी, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखेको नाम दाबी पेस भएको छ । यस्तै किशोरदत्त बराल, विन्दुकुमार थापा, बाबुराम गिरी, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे, ऋषि सापकोटा र गणेश भट्टराईले नाम दिएका कांग्रेस पोखरा महानगर समितिका सचिव गणेश थापाले जानकारी दिए । विन्दुकुमार थापा गण्डकी प्रदेशका मन्त्री छन् ।
यस्तै उपमेयरमा माया बराल कार्की, लक्ष्मी पाण्डे जिसी, आनन्दी राणा कार्की, रंगिला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, चिनु गुरुङ र मिलन थापाले दाबी पेस गरेका छन् । कांग्रेस महानगर समितिको सचिवालयले हिजो शनिवार सूचना निकालेर नाम दर्ता गराउन आह्वान गरेको थियो । सत्तारुढ गठनबन्धनमा पोखरासहित देशका ६ महानगरपालिकामा कसको भागमा के पर्ने निर्णय भई नसके पनि कांग्रेसले भने पोखराको मेयर छान्ने काम अगाडि बढाएको छ ।






