काठमाण्डौ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनसहित आमसभा गरेको छ । आमसभा अहिले काठमाण्डौको खुलामञ्चमा शुरु भएको छ ।

आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेता कुन्ती शाही, रेखा थापा लगायतका नेताहरू खुलामञ्चमा पुगेका छन् ।
उनीहरुले सम्बोधन गर्नेछन् । आमसभा सुरु हुनुअघि सो पार्टीका नेता तथा कार्यकर्ताले काठमाण्डौका विभिन्न स्थानबाट झाँकीसहितको र्याली निकालेका थिए । चुनावको मुखमा राजधानीमा आफ्नो शक्ति देखाउने उद्देश्यका साथ राप्रपाले आमसभा गरेको हो ।
काठमाण्डौमा राप्रपाको शक्ति प्रदर्शन, यस्ता छन् तस्वीरहरु
काठमाण्डौमा राप्रपाको शक्ति प्रदर्शन, यस्ता छन् तस्वीरहरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






