काठमाण्डौ । हिजो सोमबार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी आज मङ्गलवार फेरि माओवादी केन्द्रमै फर्किएका छन् । हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गएर एमालेमा प्रवेश गरेका डल्लाकोटीले आज माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटार गएर माओबादीमै फर्किएको घोषणा गरेका छन् ।
२०७४ सालको चुनावमा माओबादीबाट चुनाव जितेका डल्लाकोटीले आफूले आवेगमा एमाले प्रवेश गर्ने निर्णय लिएको तर आज पछुतो मान्दै निर्णय फिर्ता लिएर माओबादीमै रहेको बताएका छन् । नेकपा माओबादी केन्द्रको वाग्मती प्रदेशका सदस्यसमेत रहेका डल्लाकोटीले आत्मालोचनासहित अब फेरि माओबादीमै क्रियाशिल हुने बताए ।
योपनि चारवटा हिमाल सफाईमा खटिने सैनिक टोलीलाई प्रधान सेनापति प्रभुराम शर्माले ‘ब्यानर हस्तान्तरण’ गरेका छन् । हिमाल सफाई अभियान–२०२२ अन्तर्गत नेपाली सेनाको नेतृत्वमा चारवटा हिमालको फोहोर संकलन गरिँदै छ । यसवर्ष सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु हिमालबाट करिब ३५ टन फोहोर संकलन गरिने नेपाली सेनाको राष्ट्रिय निकुञ्ज निर्देशनालयका निर्देशक सहायकरथी हिमांशु खड्काले जानकारी दिए ।
मंगलबार जंगी अड्डामा आयोजित हिमाल सफाईमा जाने टिम कमाण्डरहरुलाई ‘व्यानर हस्तान्तरण’ कार्यक्रममा बोल्दै प्रधान सेनापति प्रभुराम शर्माले ३५ टन फोहोर संकलन गर्नु आफैंमा महान कुरा भएका बताए । ‘नेपाली सेना ४० वर्षदेखि पर्यावरण जोगाउने कार्यक्रमा संलग्न छ’ प्रधान सेनापति शर्माले भने–‘९ हजार १ सय भन्दा बढी फौज वन्यजन्तुको रक्षामा खटिएका छन् ।’
प्रकृतिमाथि मानवको बढ्दो अतिक्रमणले मानव अस्तित्व संकटमा पर्नसक्ने उल्लेख गर्दै प्रधान सेनापतिले प्राकृतिक धरोहर सफा राख्नका लागी शिक्षा दिन आवश्यक रहेको बताए । उनले भने–‘हिमाल अवस्थित ईलाकामा सचेतना कार्यक्रम गर्ने हाम्रो योजना छ ।’
मंगलबारबाट शुरु भएको हिमाल सफाई अभियान जेठ २२ गतेसम्म चल्नेछ । करिब ५५ दिन चल्ने अभियानमा ५० जना सैनिक र ५७ जना सहयोगी सहभागी हुनेछन् । प्रधान सेनापति शर्माले अभियानमा खटिने सेनानीहरू किशोर अधिकारी, समिर बहादुर बस्नेत र आदित्य कार्कीलाई झण्डा र ब्यानर हस्तान्तरण गरेका छन् ।
पर्यटन विभागको तथ्यांक अनुसार प्रत्येक वर्ष ५० हजार पर्यटक र ३० हजार पर्यटकका सहयोगीले हिमाल भ्रमण गर्छन् । हिमाल भ्रमण गर्नेहरुले फाल्ने फोहोरका कारण हिमाल दूषित हुनेगरेको छ ।






