काठमाण्डौ । विगतमा एउटै पार्टी माओबादीमा रहेपनि अहिले फरक फरक पार्टीमा पुगेका नेताहरु डा। बाबुराम भट्टराई, वर्षमान पुन र रेखा थापाबीच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जम्काभेट भएको छ । त्यसक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ‘नलाऊ माया दुईतिर………।’
भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भनेर ठट्टा गरेपछि उनीहरुबीच केहीबेर हाँसो चलेको थियो । पार्टी कार्यक्रमका लागि विभिन्न जिल्ला जान लागेका उनीहरुबीच एयरपोर्टमा जम्काभेट भएपछि तीन डा.भट्टराईले तीन जनाको तस्विर समाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन् ।
‘नलाऊ माया दुईतिर………….’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो ।’ डा. भट्टराई अहिले जसपामा छन् भने थापा राप्रपामा छन् । वर्षमान भने माओवादीमै रहेका छन् ।






