काठमाण्डौ । भारतीय सरकारले रुस–युक्रेन युद्धबाट उत्पन्न ऊर्जा संकटलाई सम्बोधन गर्नेगरी बिजुलीको मूल्यमा हस्तक्षेप गरेको छ । बिजुलीको मूल्य निरन्तर उकालो लाग्दै गएपछि भारत सरकारले मूल्यमा हस्तक्षेप गरेको हो । भारतले गरेको उक्त हस्तक्षेपले नेपाललाई पनि फाईदा पुगेको छ ।
रुस र युक्रेनबीच युद्ध सुरू भएपछि भारतमा बिजुलीको मूल्य प्रतियुनिट २० भारूसम्म पुगेको छ । यससँगै भारतको केन्द्रीय विद्युत नियमन आयोगले मूल्य तोकेरै हस्तक्षेप गरेको हो । यससँगै भारतमा बिजुलीको अधिकतम मूल्य १२ भारू छ ।
आयोगले कायम गरेको बिजुलीको मूल्य भारतमा आउँदो सोमबारदेखि लागू हुनेछ । र, सोहीअनुसार नेपाल विद्युत प्राधिकरणले पनि बिजुली १२ भारूमै किन्न पाउनेछ । रुस र युक्रेनबीचको युद्धका कारणले भारतमा बिजुलीको माग २५ प्रतिशतसम्मले बढेको छ ।






