काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । बिहीवार काठमाण्डौमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ ।’ उनले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा ध्रुवीकरण भइरहेको उल्लेख गर्दै आफुहरु प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउन गाउँमा पुग्नुपर्ने बताए ।
उनले एमसीसीका पक्षधरहरुलाई दलाल पुँजीपति वर्गको संज्ञा दिँदै उनीहरु विरुद्धको लडाइँलाई गाउँसम्म पु¥याउनुपर्ने बताए । उनले भने– ‘आज नेपालमा एउटा लडाइँ चलिरहेको छ । एउटा ध्रुवीकरण चलिरहेको छ । राष्ट्रघात गर्ने मान्छेहरु अनेक किसिमको खेल लिएर आएका छन् र अहिले चुनावको एउटा हतियार चलिरहेको छ ।
प्रयोग भइरहेको छ । नेपाल ध्रुवीकरण हुँदैछ । देशभक्त र देशघातीहरुको बीचमा । राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा । दलाल र स्वाभिमानी नागरिकको बीचमा एउटा ध्रुवीकरण हुँदैछ । यो प्रक्रियालाई हामीले तिव्रता दिनुपर्छ ।’ उनले भने, ‘हामीले यो अभियान गाउँ–गाउँसम्म पुर्याउनुपर्छ ।
राष्ट्रघा ती, एमसीसी पक्षधर, देश बेचेर खाने या देशलाई संसदबाट आफ्नो एकाधिकार जसरी बेच्न खोज्ने द ला ल पुँजीपति वर्गको विरुद्धको ल डा इँमा गाउँसम्म पुर्याउनुपर्छ र एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान हामीले सञ्चालन गर्नुपर्छ ।’
उनले एमसीसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानूनी मान्यताले लागू गर्न नसकिने बताए । उनले नेपालको संसद र संसदवादी दलहरु नेपाली स्वाधिनता जोगाउन असफल भएको बताए । नेपाली जनताको आकांक्षाहरू पुरा गर्ने जिम्मा कम्युनिष्ट, क्रा न्ति का रीहरुको काँ धमा आएको उनको भनाई छ ।






