काठमाण्डौ । अमेरिका र युरोपेली संघ तरल प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति गर्ने सम्झौतामा हालै सहमत भएका छन् । यसअन्तर्गत अब रुसको ऊर्जामा युरोपको निर्भरता कम गर्न अमेरिकाले युरोपलाई एलएनजी आपूर्ति गर्नेछ । रुसले युक्रेन आ’क्र’मणपछि रुसको तेल र ग्यास आयातमा प्रतिबन्ध लगाएपछि युरोपले अमेरिकासँगको सो सम्झौतालाई अनुमोदन गरिएको थियो ।
रसिया अमेरिका र साउदी अरेबिया पछि विश्वमा कच्चा तेलको तेस्रो ठूलो उत्पादक हो । यसले दैनिक करिब ५० लाख ब्यारेल कच्चा तेल निर्यात गर्छ । यसको आधाभन्दा बढी तेल युरोपमा जान्छ । बेलायतको कुल तेल आवश्यकताको ८ प्रतिशत तेल रूसबाट आयात हुन्छ । रुसी तेलमा अमेरिकाको निर्भरता कम छ । २०२० मा, अमेरिकाको तेलको लगभग ३ प्रतिशत रूसबाट आएको थियो ।
उर्जा नीति अनुसन्धानकर्ता बेन म्याकविलियम्स भन्छन्, ‘ग्याँस भन्दा तेल आपूर्ति विकल्प खोज्न सजिलो छ, किनभने थोरै मात्र तेल रूसबाट आउँछ, बाँकी अन्य ठाउँबाट आउँछ ।’ अर्कोतर्फ अमेरिकाले साउदी अरबलाई तेल उत्पादन बढाउन आग्रह गरिरहेको छ । तर, साउदी अरेबियाले यसअघि तेलको मूल्य घटाउनको लागि उत्पादन बढाउन अमेरिकी अनुरोधलाई अस्वीकार गरेको थियो ।
साउदी अरब तेल आपूर्ति गर्ने देशहरूको संगठन ओपेकमा सबैभन्दा ठूलो तेल उत्पादक हो । अन्तर्राष्ट्रिय कच्चा तेल व्यापार को लगभग ६० प्रतिशत ओपेकद्वारा गरिन्छ । तेलको मूल्य निर्धारणमा ओपेकको भूमिका धेरै महत्त्वपूर्ण हुन्छ । हालसम्म ओपेकका कुनै पनि सदस्यले उत्पादन बढाउने कुनै पनि आग्रहलाई स्वीकार गरेका छैनन् । तर, रुस ओपेकको सदस्य होइन ।
तर तेल उत्पादकहरुको आम्दानीमा सुधार गर्न उनले सन् २०१७ देखि ‘ओपेक प्लस’ नामबाट ओपेकसँग काम गर्दै आएको छ । अमेरिकाले भेनेजुएलामाथि लगाइएको तेल निर्यात प्रतिबन्धलाई पनि खुकुलो बनाउने विचार गरिरहेको छ । भेनेजुएला पहिले अमेरिका जाने तेलको प्रमुख निर्यातक थियो, तर अहिले चीनलाई ठूलो मात्रामा तेल बेचिरहेको छ ।






