काठमाण्डौ । रामेछापका विष्णु पाण्डेका गोडाभरी ठे ला छन् । अनुहार थकित छ । करिब एक हप्ताको हिँडाइले शरीर ल ख त रा न छ । त्योभन्दा बढी रसिया र युक्रेनबीचको यु द्धबाट भाग्दा सुनेका गो लीका आवाज कानमा गुन्जिरहन्छन् । आँखैअगाडि देखेको गो ला बा री र बा रुदको धु वाँ सम्झिँदा अहिले पनि छिनछिनमा झस्किन्छन् उनी ।
रुस र युक्रेनबीच यु द्ध सुरु भएपछि राजधानी किभ जोड्ने सबै राजमार्ग बन्द हुँदा विष्णु पाण्डे आफ्ना ११ जना साथीहरूसँगै किभमै थुनिए । नजिकै गो ली र रकेट प ड्कि न थालेपछि मान्छेको भा गा भा ग सुरु भयो । किभबाट मानिसहरू बाहिरिन थाले । झि टि झा म्टा बोकेर सबै बाहिरिन थालेपछि उनीहरू पनि आ त्ति ए ।
यु द्ध सुरु भएको दुई, तीन दिनमै बाहिरिन खोज्दा उनीहरूले बस पाएनन् । सार्वजनिक बस र रेलहरूसमेत बन्द भएपछि जनही एक हजार रिभ्निया (युक्रेनको मुद्रा) तिरेर उनीहरूले एउटा ट्याक्सी लिएका थिए । तर‚ ट्याक्सीले बिच बाटोमै छाडिदिएपछि करिब एक साता पैदल हिँडेरै युक्रेनसित सीमा जोडिएको मुलुक पोल्यान्ड पुगे ।
‘यता ब म प ड्कि न्छ, उता आ गोको त प्का जस्तो सु इय्य सु इय्य गर्छ । अब बस्नुहुन्न भन्ने भयो । ट्याक्सीले पैसो असुलेर बिच बाटोमै छाडेर हिँड्यो । रेल र बस नपाएपछि हामी भोकभोकै, एक रात पनि नसुती हिँड्यौं । पोल्यान्डको सिमामा आयौँ‚’ विष्णु पाण्डेले सुनाए । पाण्डे र उनका साथीहरू विद्यार्थी भिसामा युक्रेन पुगेको एक महिनामात्रै भएको थियो ।
नौलो ठाउँ । नयाँ भाषा । उनीहरू त्यहाँको पद्धति पनि भर्खर बुझ्दै थिए । युद्ध सुरु भएपछि भाषा नजानेकाले पनि उनीहरू केहि दिन अलमलमा परे । केहि नेपालीहरूलाई इन्टरनेटबाट सम्पर्क गरेर सूचना त लिए तर सीमासम्म आउने कुनै माध्यम फेला परेन । त्यसैले कोठाका सबै सामान मिल्काएर उनीहरू पैदल हिँड्ने निर्णयमा पुगे ।
तापक्रम शून्यबाट पनि झरेर पाँच डिग्री पुगेको थियो । धेरै दिन हिँड्नुपर्छ भनेर उनीहरूले लुगाफाटो पनि बोकेका थिएनन् । करिब एक साता उनीहरू त्यो ठन्डीमै रातदिन हिँडे । बाटोमा किनेर खाने पसल पनि भेटिएन । जताततै मानिसहरू भागदौड गरेको, टाटेपाटे पोसाकका सैनिकहरू मात्रै देखिन्थे । ‘पाँच दिनसम्म त केहि खान‚ पिउन समेत पाइएन ।
धेरै भोक लागेपछि मान्छे त पागल जस्तो, कताकता मात लागेको जस्तो हुने रहेछ । हामीलाई त्यस्तै भयो‚’ पाण्डेले भने । पोल्यान्डको सीमा क्षेत्रमा आएपछि पनि सीमा पार गर्न दुई दिन त लाइनमै बस्नुपरेको थियो । दैनिक हजारौं मानिस बाहिरिन लागेकाले सीमामा क डा नि यन्त्र ण र जाँचबुझ हुन्थ्यो । पासपोर्टमा स्ट्याम्प लगाउन र दर्ता गरेर बाहिर निस्किने ठाउँमा दुई तीन दिन कुर्नुपर्थ्यो ।
सीमा क्षेत्रमै असुरक्षा थियो । त्यहाँबाट छिटो बाहिर निस्किन आफूभन्दा अगाडिका मान्छेलाई ल ठ्या उ ने सु ई हा ने र ढालिदिने र आफू अगाडि बढ्नेसम्मको क्रियाकलप हुने गरेको अनुभव विष्णुको छ । आइतबार नेपाली सांस्कृतिक गृहले आयोजना गरेको होली मनाउने कार्यक्रममा विष्णुको टोली पुगेको थियो । केही आप्रवासीहरूले त आफू अगाडिका मान्छेलाई सु ई हा नि दि ने रहेछन् ।
अगाडिका केहि मान्छेलाई ढा लि दि एपछि आफ्नो पालो छिटो आउँछ भनेर त्यस्तोसम्म गरेको देखियो‚’ उनले भने । शून्यबाट पनि तल झरेको क ठ्यां ग्रि ने ठाउँमा विष्णु च प्प लकै भरमा थिए । सीमा क्षेत्रमा केही आप्रवासीले उनको जु त्ता चोरिदिएपछि उनी कसैले दिएको च प्प ल कै भरमा हिँ डिरहेका थिए । सीमा क्षेत्रमा अत्यधिक भी ड भएकाले जुत्ता‚ च प्प ल र झोलासमेत चो री हुने गरेकाले धेरैको बिजोग भएको उनी आफैंले देखे ।
मनिसहरूको रु वा बा सी उस्तै देखिन्थ्यो । ‘सा साना बा ल बा लि का च्यापेर समेत मान्छे रो एको, छ ट्प टा एको, भोगले रोएको देख्दा अहिले पनि दिकदार लाग्छ । मान्छेले कति दुःख झेल्नुपर्दो रहेछ भन्ने कुरा थाहा भयो । नसुनेको दुःख र पी डा देखियो‚’ उनले भने । पोल्यान्डको सीमा क्षेत्रमा आएपछि उनीहरूको टोलीलाई पोल्यान्ड सरकारले ४५ दिनको स्ट्याम्प लगाइदिएको छ ।
पोल्यान्डको सीमा क्षेत्रमा दुई रात उद्धार केन्द्रमा बसेर उनीहरू जर्मनीस्थित नेपाली दूतावसको सम्पर्कमा पुगेका थिए । त्यसपछि नेपालीबाट जानकारी लिएर पेरिस फर्किएका हुन् । ‘नेपाल फर्किऊँ आएको एक महिनामात्रै भएको छ । उता पढ्न आएको लाखौं ऋ ण बाँकी छ । यता पढाइ नहुने भयो, उता ऋ णको भा री छ । नेपाल भर्खरै फर्किएर त्यो ऋ ण तिर्न सक्ने अवस्था छैन‚’ उनले विद्यार्थीहरूको बाध्यता सुनाए ।
अब उनीहरूको योजना पोर्चुगल जाने छ । पोर्चुगल गए कृषिको काम पाइन्छ र आवासीय भिसा पनि सजिलो हुन्छ भन्ने जानकारी पाएपछि उनीहरूले पोर्चुगल जाने मनसाय बनाएका हुन् । ुनेपाल गएर के गर्ने ? त्यत्रो ऋ ण कसरी तिर्ने ? बाँचेर आइयो । अब पोर्चुगल गएर सकेको काम गर्ने हो । पढ्न नपाए पनि कागज बनाएर ऋ ण त तिर्नुपर्यो‚’ विष्णु पाण्डेले भने ।
पेरिसमा उनीहरूलाई पेरिसबासी हेमन्त उपाध्यायले केही दिनका लागि बास र अन्य सहयोगको जोहो गरिदिएका छन् । उपाध्यायले आइतबार मात्रै १३ नेपाली पेरिस आइपुगेको र उनीहरू नेपाल नफर्किने‚ बरु अन्य कुनै युरोपेली मुलुकतिर जान खोजेको उनले बताए । युक्रेन र पोल्यान्डको सीमा क्षेत्रमा अन्य नेपालीहरू पनि अ ड्कि एको पाण्डेले बताए ।
युक्रेनका डेढ सयभन्दा बढी नेपाली फ्रान्स छिरेका छन् । कोहि अझै युक्रेन र पोल्यान्डको सीमामै छन् । पाण्डेको टोली पोल्यान्डबाट जर्मनीतिर प्रवेश गर्दा पनि केहि नेपाली सीमामै देखिएका थिए । ‘ब म प ड्के को, र के ट झ रे को, मान्छेको रु वा बा सी र भा गा भा ग । त्यस्तो आपतबाट कसरी ज्यान जोगाएर यहाँ सुरक्षित आइयो भन्ने सम्झिँदा पनि पत्यार लाग्दैन । त्यो सम्झियो कि अहिले पनि आँसु झर्छ‚’ उनले सुनाए । कान्तिपुरबाट






