काठमाण्डौ । मुलुकबाट प्रत्येक दिन २० किलो सुन खरिदमा १२ लाख ६० हजार अमेरिकी डलर बाहिरिरहेको थियो । यो प्रतिअमेरीकी डलर १२२।२ को दरले १ खर्ब ५३ अर्व ९२ करोड १६ लाख रुपैयाँ हो । बैंकले प्रतितोला सुनमा ६३ हजार अमेरिकी डलर खर्चिँदै आएको छ ।
एकातिर दैनिक आयातीत वस्तुमध्ये सबैभन्दा बढी हिस्सा सुनले ओगट्छ । अर्कोतर्फ यो महँगो वस्तुभित्र पर्छ। अहिले प्रति तोला छापावाला सुनको मुल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ र तेजावी सुनको प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ छ ।
यसरी सुन आयातका कारण ठूलो भोलममा डलर खर्च हुँदै आएको छ । मुलुकमा विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ । अब सुन आयात गर्न अधिकार पाएका वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकले दैनिक १० केजी सुन मात्रै आयात गर्न पाउँछन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।






