काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेकपा माओवादी केन्द्र सकिने टिप्पणी गरेका छन् । शनिबार झापाको बिर्तामोडमा सुखानी शहीद स्मृति दिवसमा भएको कार्यक्रममा अध्यक्ष ओलीले अबको चुनावमा माओबादीलाई जनताले भोट दिए वा नदिए पनि सकिने बताएका हुन् । उनले भने, ‘माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ ।’
अध्यक्ष ओलीले एकीकृत समाजबादी पार्टीलाई पनि यो अझै पार्टी बन्न नसकेको टिप्पणी गरे । उनले भने, माधवबाला पार्टी बनेकै छैन, त्यो बन्दै बन्दैन, नबनीकन समाप्त भएर जान्छ ।’ उनले एमालेलाई कसैले हराउन नसक्नेसमेत बताए ।






