काठमाण्डौ । हवाई इन्धनको मूल्य बढेपछि निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक उडानको भाडादर वृद्धि गरेका छन् । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल ९एओएएन० ले आन्तरिक उडानमा ९० रुपैयाँदेखि ५४० रुपैयासम्म भाडा बढाएको हो ।
आइतबारदेखि लागू हुने गरी बढाइएको भाडादरअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगन्जका लागि ९५४० रुपैयाँ० सबैभन्दा कम काठमाडौ–सिमरा ९९० रुपैयाँ० का लागि भाडा थप गरिएको हो ।
यस्तै काठमाडौं–धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ–भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौ–सुर्खेत ३४५ र काठमाडौं–नेपालगन्को ३३० रुपैयाँ भाडा बढाइएको छ ।
नेपाल आयल निगमले गत बिहीबार पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको पनि मूल्य वृद्धि गरेपछि निजी उडान कम्पनीहरूले भाडा बढाएका हुन् ।
हेर्नुहोस् सूची–







