काठमाण्डौ । पेट्रोलिलयम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले बिहीबार राति देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५,५ रूपैयाँका दरले मूल्य बढेको निगमले जनाएको छ । निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ ।

एलपी ग्याँस र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ । निगमका अनुसार ५,५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ । यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ ।
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्याँस र हवाई इन्धनको मूल्य यथावत
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्याँस र हवाई इन्धनको मूल्य यथावत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






