काठमाण्डौ । क्यानडा पठाइदिन्छु भनी नक्कली कागजात बनाएर लाखौं ठ’गी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका स्थाइ घर भइ काठमाण्डौको गौशाला बस्दै आएका २३ वर्षीय लालबाबु कापरलाई प्रहरीले पक्राउ गरेको हो ।
कापरले सर्लाहीका अरबिन्दकुमार साहलाई क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठ’गी गरेको प्रहरीले जनाएको छ । आफू पनि क्यानडा जाने र क्यानडामा आफ्नो मान्छे भएकाले सजिलै क्यानडा पठाउन सक्ने भन्दै प्रलोभनमा पारेर १२ लाख २० हजार रुपैयाँ ठ’गी गरेको प्रहरीको भनाइ छ ।
पैसा हात लागेपछि कापरले पी’डि’तको मेल आईडीमा भिसा र हवाई टिकट समेत पठाएका थिए । गएको जनवरी १० मा उडान रहेको भनी एअरपोर्ट पुग्दा आफूलाई पठाइएको भिसा र टिकट समेत नक्कली भएको थाहा पाएपछि पी’डि’त साहले आफू ठ’गि’एको भन्दै प्रहरीकोमा जाहेरी दिएका थिए ।
त्यसपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गएको १३ गते कापरलाई तिनकुनेबाट पक्राउ गरेको हो । अहिले कापरलाई आवश्यक का’र’वा’ही’कोलागि महानगरीय प्रहरी वृत सातदोबाटो पठाइएको अपराध महाशाखाले जनाएको छ ।






