काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । संसद् भवन नयाँ बानेश्वरमा झन्डै तीन घण्टा बसेको बैठक अहिले सकिएको र बेलुका ७ बजे फेरि छलफल हुने कांग्रेसका महामन्त्री गगन थापाले बताए ।
उनले सत्ता गठबन्धन धरापमा परिसकेको र यो अब लामो समय नजाने पुष्टि भएको बताए । सरकारमै रहेका माओवादी र एकीकृत समाजवादीले सरकारले पेस गरेको सम्झौतालाई साथ नदिनु भनेको गठबन्धन लगभग टुटिसकेको रूपमा बुझ्दा हुने थापाले बताए ।
अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट अनुमोदन गर्न नेकपा माओबादी केन्द्र र एकीकृत समाजबादी पार्टीले साथ नदिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलको गतीलाई नेकपा एमालेसँग तीव्र पारेका छन् ।
एमसीसीकै कारण बिहीबारको संसद् बैठक अन्तिम समयमा स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमै प्रधानमन्त्री देउवाले ओलीसँग अरू नेतासहित संयुक्त र एक्ला एक्लै छलफल गरेका हुन् । दिउँसो २ बजे सुरु भएको छलफल बेलुकी झन्डै ५ पाँच बजेसम्म चलेको छ ।
सुरुका दुई घण्टा प्रधानमन्त्री देउवाले महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्कीलाई सँगै राखेर एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता सुवास नेम्वाङसँग छलफल गरेका थिए भने एक घण्टा ओलीसँग एक्ला एक्लै छलफल गरेका थिए ।
प्रतिनिधि सभा टेबल भएको एमसीसीको पक्षमा मतदान नगर्ने माओबादी र एकीकृत समाजबादीको निर्णयपछि देउवाले बरु गठबन्धन भ त्कि यो स् तर एमसीसी पास गरेरै छाड्ने अ डा न लिएका छन् । गठबन्धनमा विचार नमिलेपछि पछिल्ला केही दिनका सङ्केत हेर्दा एमसीसीकै कारण सत्ता गठबन्धन टुट्न सक्ने आँकलन भइरहेको छ ।






