काठमाण्डौ । सत्ता साझेदार नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू एमसीसीको विपक्षमा रहेको फेरि स्पष्ट पार्नुभएको छ ।
माओबादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजबादीका अध्यक्ष माधव नेपाल लगायत सत्ता गठबन्धनका नेताहरूकै सहमतिमा सरकारले आज एमसीसी संसदमा टेबल गरेको छ ।
तर प्रचण्डले भने सरकारले विवाद र विरोधकै बीच एमसीसी टेबल गरेकोमा विरोध जनाउँदै माओवादी एमसीसीको विपक्षमा उभिने बताएका छन् । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’
यस्तै उनले एमसीसी टेबल गर्न हुन्न भन्दै प्रदर्शन गर्नेहरूमाथी प्रहरीले गरेको दमनको विरोध गर्दै घाइतेको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । प्रचण्डद्धारा लेखिएको उक्त लेखमा धेरैले धेरै थरीका प्रतिकृयाहरु दिएका छन् । ती प्रतिकृयाहरु धेरैमा अध्यक्ष प्रचण्डलाई नकारात्कम टिप्पणी गरिएको छ भने थोरै मात्रले उनको लेखको सकारात्मक टिप्पणी गरेका छन् ।






