काठमाण्डौ । ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठ’गी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले ई–सेवामा ५० हजार जम्मा गरेमा दुई हजार पाँच सय रुपैयाँ बोनस पाइन्छ भनी जम्मा गर्न लगाइ ठ’गी गर्ने रौतहटको माधवनारायण नगरपालिका–२ का शुभम साह र बाराको गढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई आज आइतवार पक्राउ गरेको हो ।
पक्राउ परेका साह र आलमले विभिन्न व्यक्तिलाई ई–सेवामा पैसा हाल्न लगाई सात लाख २७ हजार रुपैयाँ ठगी गरेका थिए । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ ।
योपनि नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज (सोमबार) ९६ हजार २०० रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ ।
बिहीबार यो गुणस्तरको सुनको मूल्य ९६ हजार १०० रुपैयाँ तोकिएको थियो । यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोलामा ५ रुपैयाँ घटेको छ । हिजो प्रतितोला १३०५ रुपैयाँ रहेको चाँदीको प्रतितोला मूल्य आज १३०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।






