काठमाण्डौ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभा संसदको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई टेबल गर्नुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिको प्रयास जारी राख्दै आएका छन् । यहि विषयमा छलफल गर्न बैठक आज फेरि पनि बसेको नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।
यी लगायतका विषयमा बिहिवार बसेको गठबन्धनको बैठकमा सहमति जुट्न सकेको थिएन । यसपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । यी लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो । बैठकमा नेकपा एकीकृत समाजबादी, जनता समाजबादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु रहेको जनाइएको छ ।






