काठमाण्डौ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको माओबादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले बताए ।
संयोजक किरणका अनुसार आज दिउँसो ३ बजे बस्ने भनिएको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि आजै साँझ ५ बजेका लागि सरेको बताईएको छ । बुधबारको बसेको प्रतिनिधिसभा बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेबल हुने जनाएपछि यसको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो । एमसीसीका सम्बन्धमा साझा धारणा र सहमति जुटाउन गठबन्धनको बैठक बस्न लागिएको जनाइएको छ । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बिहान ८ बजे भेटवार्ता भएको थियो ।
योपनि पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफूले के बिगारेको छ र रु राजीनामा दिने भनेर प्रश्न गरेका छन् । जगत वलीसँग कुराकानी गर्ने त्रममा अश्लिल बोलेको भिडिओ भाईरल भएपछि विवादमा मुछिएका मन्त्री आलेले आज ९मंगलबार० राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् ।
यद्धपी उनले आफू पनि मानव भएको कारण मानवीय गल्ती हुने स्विकार्दै जनतासँग भने माफी मागेका छन् । पत्रकार धमलाले कुराकानीको क्रममा यो प्रकरणलाई लिएर तपाईँले राजीनामा दिनुपर्ने कुनै कारण र आधार छैन, होईन त ? भनेर सोधेको प्रश्नमा उनले आक्रोशित हुँदै भने,“फेरि तपाईँ राजीनामाको कुरा गर्नुहुन्छ ? मैले के बिगारेको छु र राजीनामा दिने ?
मैले भ्रष्टाचार गरेको छु र ? मैले नचाहिने काम गरेको छु ? सम्मानीय प्रधानमन्त्रीज्यूको पनि मानमर्दन हुनेगरि त्यहाँ पोष्ट भएको छ ।” उनले आफूबाट पनि सामान्य त्रुटि भएको भन्दै त्यसको लागि तीन करोड जनतासँग आफूले क्षमा मागेको सुनाए ।






