काठमाण्डौ । महिलालाई कर णी गरेको आरोप लागेका नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। उनलाई जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले ज’बरज’स्ती कर णीको आरोप लगाएकी थिइन् । प्रहरीले उनलाई पक्राउ गर्न आलटाल गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेमा महिलाले पूर्वमन्त्री समेत रहेका बानियाँ विरुद्ध उजुरी दिएकी थिइन् ।
निवेदन दर्ता गर्न नै आनाकानी गरेको प्रहरीले अब भने पक्राउ गर्नुपर्ने भएको छ । सांसद बानियाँले महिलालाई बाँकेको नेपालगन्ज स्थित अप्सरा होटलमा इच्छा विपरित कर णी गरेको आरोप महिलाले लगाएकी छन् । बानियाँ विरुद्ध महिलाले अदालतमा मुद्दा दिएकी थिइन् । उनलाई जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो ।
सांसद समेत रहेका बानियाँलाई पक्राउ गर्नु अघि सदनलाई जानकारी दिनु पर्ने भएकाले जिल्ला प्रहरीले त्यसवारे जानकारी गराएको छ । अहिले बानियाँको खोजी भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुधुसूदन न्यौपानेले बताए । बानियाँ विरुद्ध सोमवार नै पक्राउ पुर्जी जारी भएको हो ।शिक्षिकाले प्रहरीमा उजुरी दिँदा आफु निर्दोश रहेको भन्दै बानियाँले आफै प्रहरीमा उपस्थित हुने बताएका थिए ।
तर अदालतको आदेश पछि भने उनी सम्पर्क विहिन भएको प्रहरीको भनाई छ । बानियाँले विभिन्न मिडियामा महिलासंग आफ्नो पैसाको लेनदेन रहेका कारण आफुलाई फसाउन गलत आरोप लगाएको बताएका थिए । यता शिक्षिकाले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख ज’बरज’स्ती कर ‘णी गरेको जाहेरीमा उल्लेख गरेकी छन्।






