काठमाण्डौ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अमेरिकी सहयोग (एमसीसी) का सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार भएको आरोप लगाएको छ । दाहालका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले दाहालको प्रस्ताबलाई गम्भीर रूपमा नलिएको र एमसीसीबारे गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।
माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले गएको वर्षदेखि सम्बन्ध चिसिएका एमाले अध्यक्ष ओलीलाई बुधबार बेलुकी फोन गरेर अमेरिकी सहायता परियोजना एमसीसीलाई चुनावसम्म यथास्थितिमा राख्ने प्रस्ताव गरेका छन् । तर ओलीले बरु तपाईँहरूसँग बहुमत छ, पास गर्नुस्, तर
गैरसांसद संसदमा रहँदासम्म संसद् चल्न भने दिन्नौँ भनेर पूरै गैरजिम्मेवार जवाफ फर्काएको स्वकीय सचिव रमेश मल्लले बताएका छन् । कुनै बेला एउटै पार्टीको संयुक्त अध्यक्ष रहेका ओली र दाहालबीच लामो समयपछि टेलिफोन संवाद भएको हो ।






