काठमाण्डौ । मधेस प्रदेश सरकारले ज’नयु’द्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ। आइतबार २७ औं ज’नयु’द्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको हो । शुक्रबार मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै ज’नयु’द्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
तत्कालीन माओबादीले हिं’सा’त्मक सं’घ’र्ष सुरु गरेको दिनलाई मधेस प्रदेशले ‘दिवस’ को मान्यता दिएको छ । पहिलोपटक प्रदेश सरकारले फागुन १ लाई ‘ज’नयु’द्ध दिवस’ भन्दै सार्वजनिक बिदासमेत दिएको हो । अहिलेसम्म संघीय सरकार वा कुनै पनि प्रदेश सरकारले ज’नयु’द्ध दिवस भनेर बिदा दिएका थिएनन् ।
मधेश सरकारमा नेकपा माओबादी केन्द्र सहभागी भएपछि पहिलोपटक सरकारले औपचारिक रुपमा ज’नयु’द्ध दिवस मनाउन लागेको छ । यसअघि सत्तारुढ दल जनता समाजबादी पार्टी नेपालले भने मधेश आन्दोलनसँग केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु गदै आएको थियो । ज’नयु’द्धको दिवसको अवसरमा मधेश सरकारले शहीद भएका परिवारलाई जनही तीन लाख रुपैयाँ दिइने घोषणा समेत गरिसकेको छ ।






