काठमाण्डौ । आउँदो फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक हेरफेर गर्नका लागि नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सो दिन एमालेको विराटनगरमा प्रदेश नंबर १ स्तरीय भेलाको कार्यक्रम राखिएकोले सो मिति भन्दा अगाडि वा पछाडि बैठक बोलाउन आग्रह गरेको बताए ।
भट्टराईले भने,‘फागुन २ गते हामीले विराटनगरमा एमाले प्रदेश नंबर १ स्तरीय भेला राखेका छौँ । सो दिन हाम्रा धेरै सांसदहरु विराटनगर जाने भएकोले हामीले संसद बैठक छल्न खोजेका हौं । त्यसका लागि फागुन २ गते भन्दा अगाडि वा पछाडिको समयमा बैठक राख्न सभामुखलाई आग्रह गरेका छौँ । सभामुखज्यूबाट यसबारे कुनै जवाफ आएको छैन ।’
प्रतिनिधि सभाको बैठक बसेको बेला पनि एमालेले लगातार अवरोध गर्दैै आएको छ भने झन्डै २ महिनादेखि संसद बैठक पटक पटक सर्दै आएको छ । योपनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । शाखामा आयोजित हस्तान्तरण कार्यक्रममा बिभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले हस्तान्तरण गरेका हुन् ।
काठमाण्डौ उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको हुलिया निबेदन पश्वात परिचालन गरेको टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताए । उनले मोटरासाईकल चोरी गर्ने गिरोह माथी निरन्तर निगरानी राखि सुचना संकलन भैरहेको छ, मोटरसाईकल चोरीमा संलग्न त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य समेत भईरहेको बताए ।
थप प्रष्ट पार्दै एसएसपी जोशीले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजक हुनुपर्ने बताए। उनले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्क गर्न र अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गरे । उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्ये पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ ।
पल्सर बाहेक पछिल्लो समय स्कुटरहरु समेत हराएको भनी निबेदन पर्ने क्रम बढेको महाशाखाले जनाएको छ । कतिपय सवारी दर्ता किताव (विलबुक) सहित हराएका स्कुटरहरु नम्बर प्लेट समेत परिवर्तन नगरि चलाएको अबस्थामा सक्कल ब्लुबुक सहित ट्राफिक चेकिङ्गमा पर्दा ट्राफिक प्रहरीलाई समेत बास्तबिकता निर्क्यौल गर्न कठिनाई हुने देखिन्छ । महाशाखामा यस आर्थिक वर्षमा ८३१ वटा मोटरसाईकल हराएको भनि निबेदन परेको मध्ये ३०९ वटा मोटरसाईकल फेला पारेको हो ।
जस मध्ये २४४ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । त्यैगरी बिभिन्न स्थानबाट २८ वटा चोरीका मोटरसाईकल सहित ३८ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि आबश्यक अनुसन्धान एव कारबाहीको लागी बिभिन्न प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।त्यसैगरि ट्राफिक महाशाखाको सुचनाको आधारमा उपत्यकाबाट हराएका १३ वटा मोटरसाईकलहरु उपत्यका बाहिरका बिभिन्न जिल्लाहरुबाट नियन्त्रणमा लिई सम्बन्धित धनीले प्राप्त गरेको समेत महाशाखाले जनाएको छ ।






