काठमाण्डौ । नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले पर्यटनमन्त्री प्रेमबहादुर आले विरुद्ध अदालतमा मुद्दा परेको छ । उनी सहित ९ जनाविरुद्ध अदालतको अपहेलनाको मुद्दा दायर भएको हो । बुधवार सर्वोच्च अदालतमा सीईओ रेग्मीसहित जीवन घिमिरेले अदालतको अपहेलना भएको भन्दै मन्त्री आले, बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, सदस्य पद्मादेवी पौडेल, विप्लव पौडेल, डावाडीमा शेर्पा, कृष्णकुमार शाह, तारानाथ अधिकारी र मन्त्रालयका सहसचिवसमेत रहेका सदस्य होमप्रसाद पौडेलविरुद्ध अपहेलनाको मुद्दा दायर गरिएको हो ।
रिजालको संयोजकत्वमा गठित सीईओ धनन्जय रेग्मीमाथिको छानबिन समितिले बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनले अदालतको मानहानी गरेको दाबीसहित रेग्मी र घिमिरेले अदालतमा मुद्दा दायर गरेका हुन् । आर्थिक अनियमितता र मानवतस्करीमा मुछिएका रिजालको संयोजकत्वमा बनेको समितिले गरेको छानबिन प्रतिवेदन गत पुस १४ गते अदालतले दिएको अन्तरिम आदेशविरुद्ध रहेको निष्कर्षसहित रेग्मी र घिमिरेले मुद्दा दायर गरेका हुन् ।
योपनि हिउँमा फसेका जुम्ला तातोपानी गाउँपलिका ८ का ३४ जनाको पाँच दिनपछि उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयवासीको समन्वयमा हिउँमा फसेकाहरूको हिजो बुधवार उद्धार गरिएको हो । गएको माघ २१ गते भएको भारी हिमपातका कारण गाग्रा पाटनमा सेतो चिनी (खिरौला) सङ्कलन गर्न गएका तातोपानी ८ टोप्लाका ३४ जना घर फर्किन नसकेर हिउँमा फसेका थिए ।
गएको माघ २३ गते उनीहरूको उद्धार गर्न स्थानीय प्रशासनको पहल, तातोपानी गाउँपालिकाको समन्वय तथा मुख्यमन्त्री र कानुन मन्त्रालयको सहयोगमा हेलिकप्टर पठाइएको थियो । तर बाक्लो हिउँ जमेकाले हेलिकप्टर अवतरण हुन नसकेपछि झन्डै दुई क्विन्टल खाद्यान्न खसालेर हेलिकप्टर फर्किएको थियो । यसैबीच हिजो सुरक्षा निकाय, प्रशासन, गाउँपालिकाको समन्वयमा हिउँमा फसेका ३४ जनाको उद्धार गरिएको हो । साथै पाटनमा रहेका सयौँ भेडाको पनि उद्धार गरिएको प्रशासन कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।






