बाँके । बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा धमाधम चोरी भएका छन् । बर्दिया–बाँके कम्प्लेक्सको तीनवटा ब्लकमा २३ वटा क्यामेरा चोरीरतोडफोड भएको हो । बर्दिया–बाँके कम्प्लेक्समा चारवटा ब्लक बनाएर बाघ गणना भइरहेको छ । एक र दुई नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ ।
चार नम्बर ब्लकमा पुरै बाँके राष्ट्रिय निकुञ्ज पर्छ । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख डा. रविन कडरियाले अहिलेसम्म एक र दुई नम्बर ब्लकको काम सकिएको जानकारी दिए । तीन नम्बर ब्लकमा काम भइरहेको छ । त्यसपछि चार नम्बर ब्लकमा काम हुनेछ । एक नम्बर ब्लकमा नौ वटा, दुई र तीन नम्बर ब्लकमा चाररचार वटा क्यामेरा चोरी भएको छ ।
६ वटा क्यामेरा हात्तीले तो ड फो ड गरिदिएको छ । एउटा क्यामेराको मूल्य ४० हजार रुपियाँ रहेको छ । घाँस काट्न गएका, चोरी शिकारीले क्यामेरा चोरी गर्ने गरेका छन् । सन् २०१८ को रिपोर्टअनुसार, बर्दियामा ८७ र बाँकेमा २१ वटा बाघ रहेका छन् । एक, दुई नम्बर ब्लकको काम सकिँदा र तीन नम्बर ब्लकको काम भइरहँदा बाँके र बर्दियामा बाघको संख्या बढेको आँकलन गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा देखिएको बाघको मुभमेन्टलाई हेर्दा बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्ने अनुमान गरेको बताए । पछिल्लो दिनमा बाघको संख्या बढ्दा बाघ र मानव द्व न्द्व बढेको छ । सन् २०१९ यता बाँकेमा ६ जनाको बाघको आ क्र म णबाट मृत्यु भएको छ ।
यो अवधिमा बाँकेदेखि शुक्लाफाटासम्ममा २८ जनाको बाघको आ क्र म णबाट मृत्यु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख डा. कडरियाले सबै आ क्र म ण जंगलभित्रै र दिउँसो भएको बाताए । सन् २०१८ पछि दाङदेखि शुक्लाफाँटासम्ममा ८ वटा बाघ मारिएका छन् । बाँकेमा तीन, बर्दियामा २, कैलालीमा एक, शुक्लाफाँटामा २ वटा बाघ मारिएको छ ।
नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्याउने प्रतिबद्धता गरेको छ । सन् २०१८ को रिपोर्ट अनुसार, नेपालमा २ सय ३५ वटा बाघ रहेका छन् । तेस्रो ब्लकको काम सकिनै थालेको छ । चौथो ब्लक पूरै बाँकेमा पर्दछ । चौथो ब्लकमा गणना गर्दा क्यामेराको सुरक्षादेखि बाघले आ क्र म ण गरेका सामुदायिक वन क्षेत्रलाई तार्गेट गर्ने तयारी गरिएको छ ।
बाँकेमा निकुञ्जभित्र भन्दा पनि सामुदायिक वनमा आएर बाघले आ क्र म ण गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका वार्डेन शाहले बाघले आ क्र म ण गरेका सामुदायिक वन क्षेत्रमा पनि क्यामेरा राखेर बाघको गणना गर्ने बताए । निकुञ्जभित्र भन्दा सामुदायिक वन क्षेत्रमा अझै क्यामेरा हराउने जोखिम बढ्ने गर्दछ । चौथो ब्लक एक सय ७५ ग्रिडमा रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।






