काठमाण्डौ । तीन जनाको ह त्या आरोपमा पक्राउ परेका अनिलकुमार मण्डलले जग्गा किनबेच गर्दा आउने कमिसनका कारण ह त्या भएको प्रारम्भिक बयान दिएका छन् । अपराध महाशाखा काठमाण्डौ र मोरङ प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा ह त्याको कारण जग्गाको बैना वापत आउने कमिसन नै रहेको आरोपीले बताएका हुन् ।
प्रहरी स्रोतका अनुसार यी चारजना जग्गा व्यवसायीको समूहले झापामा ५० करोडको जग्गा बैना गराएको थियो । जग्गा कसले कसलाई गराएको स्पष्ट नभएपनि ५० करोडको जग्गा बैना गराएवापत ३ प्रतिशतले हुन आउने डेढ करोड रुपैयाँ कमिसन आउने पक्कापक्की भएको थियो । तर कमिसनका विषयमा लिम्बुले धेरै भाग खोजेपछि कमिसन एकलौटी पार्ने उद्देश्यका साथ मण्डलले पहिले लिम्बु र पछि अन्य दुई जनाको ह त्या गराएका थिए ।
प्रहरी स्रोतका अनुसार जग्गाको कमिसनको विषयमा कुरा नमिलेपछि मण्डलको समूहले मंसिर २८ गते लिम्बुलाई ललितपुरको धापाखेलमा बोलाएर ह त्या गरेको थियो । उक्त ह त्या का ण्डको पोल खुल्ने ड रले पछि मण्डलको समूहले राजेन्द्र कुमार श्रेष्ठलाई पुषको ५ गते र शम्भु चौधरीलाई पुषको ७ गते मोरङमा ह त्या गरेका थिए ।
त्यसपछि शव वे प त्ता बनाउन लिम्बुको शव धापाखेलकै एक घरको कम्पाउन्ड र श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरमा रहेको उखुबारीमा खा ल्डो ख ने र गा डि एको थियो । छिटो शव गलाउनका लागि उनीहरुले सबै स्थानमा नुनको प्रयोग गरेका थिए ।
ह त्याको आ रो पमा प्रहरीले तत्काल तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा नगरपालिका वडा नं २१ सिराहा घर भई बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, जहदा गाउँपालिका ४ सिस्वनी बस्ने वर्ष २९ को अमित साह भनिने दीनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुर बस्ने ६२ वर्षीय नासिर आलम छन् ।
ह त्यामा अन्य केही नेपाली तथा भारतीय नागरिकको पनि संलग्नता रहेको र उनीहरु फ रा र रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको तिव्र रुपमा खोजीकार्य भइरहेको छ । मण्डलले चारजना भारतीय नागरिकलाई २० लाख रुपैयाँ दिएर श्रेष्ठ र चौधरीको हत्या तथा शव व्यवस्थापन गर्न लगाएको प्रहरीले बताएको छ ।






