काठमाण्डौ । आज विश्व क्यान्सर दिवस, विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘क्यान्सरको उपचारमा पहुँचको दूरीलाई बन्द गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । नेपालमा क्यान्सरको क्षेत्रमा सक्रिय सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धो द्रो हुने, स्त न वा शरीरमा गि र्खाहरु आउने, श री रको कुनै ठाउँबाट र ग त बग्ने, निको नहुने घा उ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिसा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको श ङ्का गर्न सकिन्छ ।
सरकारले क्यान्सर रोग लागेका बिरामीलाई उपचारमा एक लाख रुपैयाँ सहुलियत दिने गरेको छ । साथै प्रदेश सरकार र पालिकाले पनि सहुलियत दिन थालेका छन् । क्यान्सर रोग सुरुवाती चरणमै पत्ता लागे उपचारपछि निको हुने डाक्टरले बताउँदै आएका छन् ।बिरामी भएपछि मात्रै अस्पताल जाने बानीलाई त्यागेर बेला बेला स्वास्थ्य जाँच गर्न पनि डाक्टरको सुझाव छ ।
क्यान्सर महिला तथा पुरुष दुवैमा देखिन्छ । पुरुषमा फोक्सो, पेट, हड्डी र रगतको क्यान्सर तथा महिलामा मुख्यगरी स्तन क्यान्सर, डिम्बासयको क्यान्सर र पाठेघरको क्यान्सर धेरै देखिने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा ३२ हजार क्यान्सरका बिरामी छन् ।
तर रोग लुकाउने गर्दा यो सङ्ख्या अझ धेरै रहेको अनुमान छ । क्यान्सर लाग्नबाट जोगिन रक्सी, चुरोट, गुड्खा, चिल्लो, बोसोयुक्त खानेकुरा नखान तथा शारीरिक व्यायाम गर्न डाक्टरको सुझाव छ । यो समाचार उज्यालोमा छ ।






