डोटी । नेपालको सुदुरपश्चिम भन्ने बित्तिकै विकट प्रदेशको दृष्टिकोणले हेरिंदै आईएको छ । त्यसमा पनि डोटी जिल्ला त झनैं विकट जिल्ला अन्तर्गत पर्दछ । डोटीमा हरेक प्रकारका अभावका समाारहरु सुन्न पाईन्छन् । त्यसै मध्यको एक हो त्याहाँका मानिसहरुलाई आवश्यकतामा चाहिने र ग त पनि । सुन्दा अनौठो लाग्छ आजपनि डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीकै भर पर्नु परेको अवस्था छ ।
बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ । रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाले बताए । उनका अनुसार कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् । अस्पतालमा बिरामीले रगतको व्यवस्था आफैँ गर्नुपर्ने हुन्छ ।
नेपाली सेनाका विभिन्न युनिट, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा नेपाल प्रहरीले बिरामीलाई सहजै रगत उपलब्ध गराउने गरेका कारण सहज भएको छ । रगत आवश्यक परे सिधै प्रहरी र सेनालाई सम्पर्क गर्छौँ शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए । उनी भन्छन्,‘जिल्लामा रेडक्रस सोसाइटीले रगत सङ्कलन केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याए पनि रगत अभाव भइरहन्छ ।’
रगतका लागि यो केन्द्र भरपर्दो नभएको स्थानीयवासी बताउँछन् । रक्तदानका लागि रेडक्रसले जिल्लामा अभियान नै सञ्चालन गर्ने गरेको छ । सुत्केरीलाई सबैभन्दा बढी समस्या हुने गरेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले बताए । उनका अनुसार सुत्केरीलाई बढी रगत आवश्यक पर्छ, रगत अभाव हुँदा उपचार गराउन अन्यत्र पठाउनुपर्ने अवस्था छ । सेना र प्रहरीले आफ्ना युनिटमा रगत सङ्कलन गरेर राख्ने गरेका छन् ।






