काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले २० तलासम्म लागेको आ गो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ । महानगरपालिकाले महानगर क्षेत्रमा आ ग ला गीको सम्भावित जो खिमलाई ध्यानमा राखेर एउटै प्रकृतिका तीनवटा वारुणयन्त्र खरिद गरेको हो ।
वारुणयन्त्रभित्र पानी र फर्मको फरक–फरक भण्डारण गर्ने क्षमता छ । जर्मन प्रविधिमा आधारित इन्डोनेसियामा बनेको जि ङ्ग र कम्पनीको वारुणयन्त्रमा तीन हजार लिटर क्षमताको पानी र एक हजार पाँच सय लिटर क्षमताको फर्म भण्डारण गर्न सकिने काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । ढुवानीबाहेक दुई लाख अमेरिकी डलरमा खरिद गरिएको वारुणयन्त्रले कम्तीमा ६० मिटरमाथिसम्म लागेको आ गो निभाउन सक्नेछ ।
“वारुणयन्त्रले कम्तीमा २० तल्लासम्म लागेको आगो निभाउन सक्छ”, प्रवक्ता डङ्गोलले भने । यसअघि काठमाण्डौ उपत्यकामा रहेका वारुणयन्त्रले आठ तलासम्म लागेको आ गो मात्रै निभाउन सक्ने क्षमता थियो । हाल काठमाण्डौ महानगरपालिकाअन्तर्गत चारवटा वारुणयन्त्र रहेका छन् । नयाँ वारुणयन्त्र काठमाण्डौ उपत्यकामा रहेका साँघुरा सडकमा समेत जान सक्ने मोडलका रहेको दाबी गरिएको छ ।
साँघुरा सडक भएर आ गो निभाउन जान समस्या भोगिरहेको कुरालाई ध्यानमा राखेर वारुणयन्त्रको मोडल रोजेको डङ्गोलले भने । उनले महानगरले ठूला र अग्ला भवन बनाउन स्वीकृति दिएसँगै त्यहाँ हुन सक्ने जोखिमलाई ध्यानमा राखेर वारुणयन्त्र खरिद गरेको बताए । “काठमाण्डौ महानगरपालिकाले १० तल्लामाथिका भवन बनाउन स्वीकृत दिएको छ”, प्रवक्ता डङ्गोलले भने, “त्यहाँ हुन सक्ने जोखिमका कुरालाई ध्यानमा राखेर २० तलासम्ममा लागेको आ गो निभाउन वारुणयन्त्र खरिद गरेका छौँ ।”
कोभिड अथवा अरू कारणले रोकिएन भने आउँदो फागुनभित्र वारुणयन्त्र काठमाडौँ आइपुग्ने हिसाबले तयारी भइरहेको डङ्गोलले स्पष्ट पारे । काठमाण्डौ महानगरपालिकाको चौथो नगर सभाले तीन वर्षअघि महानगर सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन, २०७५ पारित गरेसँगै दमकल किन्ने बाटो खुला भएको थियो । सोही नगर सभाले वारुणयन्त्र खरिद गर्न १३ करोड रुपियाँ बजेट पनि विनियोजन गरेको थियो ।
काठमाण्डौको वसन्तपुरमा रहेको जु द्धमा वारुणयन्त्रमा करिब एक सय फिट (आठ तला) भन्दा अग्लो भवनमा आ ग ला गी भएमा नियन्त्रण गर्ने उपकरण नभएको अवस्थामा महानगरले ल्याउने नयाँ वारुणयन्त्रले धेरै सहज हुने अपेक्षा गरिएको छ । अग्लो भवनमा आ गो लागेको हेर्नुको विकल्प नहुने अवस्थामा नयाँ सुविधा सम्पन्न वारुणयन्त्र आउने कुराले आफूहरू हौसिएको जु द्ध वारुणयन्त्र वसन्तपुर काठमाण्डौका प्रमुख चन्दन श्रेष्ठ भने । आजको गारेखापत्र दैनिकमा यो समाचार छ ।






