काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोभिड पुष्टि भएको छ । चार दिन अघि ओली र उनकी पत्नी राधिकामा कोभिड पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि बालकोटस्थित निवासमै आरामरत रहेको पार्टी केन्द्रीय कार्यालयले जनकारी दिएको छ ।
४ दिनअघि संक्रमण पुष्टि भएका उनको अवस्था सामान्य रहेको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्ने सबैमा पार्टीले धन्यबाद ज्ञापन गरेको छ ।
योपनि पढौं शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा. मनिषा रावलले काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताए ।
उनका अनुसार आज बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ । आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो ।अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो ।







