काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो ।
जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले कञ्चनपुरका दुई जना, बझाङ र डोटिका एकरएक जनामा ओकिक्रोन पुष्टि भएको जानकारी दिए । उनीहरू सबै भारतबाट स्वदेश फर्किएका ओझाले बताए । अन्य १ सय ४२ जनाको रिर्पोट आउन बाँकी छ । सुदूरपश्चिम प्रदेशमा ओकिक्रोन संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।

योपनि पढौं पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५५ हजार ८७४ जना कोरोना संक्रमित थपिएका छन् ।आजको संक्रमण सोमबारको तुलनामा ५० हजारले कमी आएको हो । सोही अवधीमा २ लाख ६७ हजार संक्रमित निको भएका छन् ।
आज थप ६१४ जनाको भाइरस संक्रमणले मृत्यु भएको छ । भारतमा सक्रिय संक्रमित संख्या २२ लाख ३६ लाख पुगेको छ । संक्रमण दर घटेर अहिले १५।५ प्रतिशत पुगेको छ । संक्रमणले त्यहाँको कर्नाटक राज्य सबैभन्दा बढी प्रभावित छ । तर, कतिपय अध्ययनले चाहिँ आगामी साताहरुमा भारतमा संक्रमण दर अझै बढ्न सक्ने बताउँछन् ।






